
काठमाडौं – हिम इलेक्ट्रोनिक्स प्रालि अन्तर्गत संचालित सामसङ्ग प्लाजामा मोबाइल एक्सचेञ्ज मेला संचालन भईरहेको छ । फेब्रुअरी ८ देखि १८ सम्म चल्ने यो कार्निभलमा कुनै पनि ब्रान्डका पुरानो मोवाइलसँग सामसङ्गका नयाँ र आधुनिक प्रविधिको स्मार्ट फोनहरु एक्सचेञ्ज गर्न सक्नेछन् ।
हालको मितिसम्म २ हजार भन्दा बढि मोवाइल सेटहरु एक्सचेञ्ज भईसकेका छन् । यो मेला उपत्यकाभर फैलिएका ७ वटा सामसङ्ग प्लाजाहरुमा संचालन भईरहेको छ । मेलामा एक्सचेञ्ज गर्न आउनु भएका एक ग्राहकले भन्नुभयो ’यस्तो किसिमको कार्निभलले म जस्ता पुराना मोबाइल साट्नु पर्ने अबस्था आएकालाई सामसुङको नयाँ टेक्नोलोजीको स्मार्ट फोन किन्ने अबसर जुराई दिएको छ ।’
हिम इलेक्ट्रोनिक्सका निर्देशक सिमा गोल्छाले कार्निभलको शुभारम्भ गर्दै भन्नू भयो “हामी यस्ता किसिमका अबसर हाम्रा ग्राहक महानुभावहरुलाई उपलब्ध गराउँदै जानेछौँ । साथै यसमा सहभागी हुनुहुनेहरु प्रति कृतज्ञ हुनेछौँ । यो एउटा यस्तो अवसर हो, जहाँ कुनैपनि ब्रान्डको पुराना मोबाइल सेटलाई नयाँ सामसुङको स्मार्ट फोनसँग एक्सचेञ्ज गर्न सक्नुहुने छ । मलाई आशा छ यो कार्निभलले हाम्रा ग्राहकको मुहारमा केही भएपनि खुसी ल्याउने छ ।”
मेला आयोजना भईरहेका सामसङ्ग प्लाजा निम्न ठाउँमा छन् ।
१. सामसङ्ग प्लाजा, दरवारमार्ग, काठमाडौं
२. सामसङ्ग प्लाजा, महाराजगन्ज, काठमाडौं
३. सामसङ्ग प्लाजा, सिभिल महल, काठमाडौं
४. सामसङ्ग प्लाजा, सुर्य्विनायक, भक्तपुर
५. सामसङ्ग प्लाजा, नयाँ बजार, काठमाडौं
६. सामसङ्ग प्लाजा, चुच्चेपाटी, काठमाडौं
७. सामसङ्ग प्लाजा, कुपोन्डोल, ललितपुर
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्