Skip to content
LAXMI SUNRISE BANK

सानिमा बैंकद्धारा क्रिकेटर पारस खड्का र सन्दिप लामिछानेलाई सम्मान

अर्थ सरोकार

बिश्वकप छनौटमा स्थानपक्का गर्न महत्वपूर्ण भूमिका खेलेका राष्ट्रिय टिमका कप्तान पारस खड्का र सन्दीप लामिछानेलाई एक समारोह बिच सानिमा बैंकले सम्मान गरेको छ । सानिमा बैंकले २०७३ श्रावणदेखि सन्दिप लामिछानेलाई प्रायोजन (खेल छात्रवृत्ति प्रदान)गर्दै आएको छ ।
सम्मान कार्यक्रममा सानिमा बैंकका ब्राण्ड प्रवद्र्धक मदन कृष्ण श्रेष्ठ र हरिवशं आचार्य (मह जोडि)ले पारस र सन्दिप दुबै जनालाई सम्मान ज्ञापन गर्दै बैंकको तर्फबाट मोमेन्टो प्रदान गरे । कार्यक्रममा बोल्दै मह जोडिले नेपालको उन्नतिमा हर्ष महसुस गर्दै बिश्व सामु परिचित गराउनु भएकोमा धन्यबादका साथै आगामी खेलका लागी शुभकामना दिए ।
कार्यक्रममा बोल्दै सानिमाका प्रमुख कार्यकारी अधिकृत भुवन दहालले सम्पूर्ण नेपाली क्रिकेट टिमलाई बधाई ज्ञापन गर्दै सन्दिपसँग बिगत दुई वर्षदेखि जोडिन पाउँदा सानिमा परिवार गौरवान्वित भएको ब्यक्त गर्दै बैंकले प्रदान गर्दै आएको रकमलाई शतप्रतिशत बृद्धि गरी थप दुई बर्षको लागि प्रायोजन गर्ने कुरा बताए ।
कप्तान पारस खड्काले कर्पोरेट क्षेत्रबाट सहयोग भएकाले हाल खेलाडीहरुलाई खेलमा मात्रै ध्यान दिन सहयोग पुगेको साथै खेल प्रदर्शनमा पनि सुधार आएको बताए । त्यसैगरि सन्दिपले सानिमा बैंकको निरन्तर सहयोगका लागी बैंकलाई धन्यवाद व्यक्त गर्दै आगामी खेलमा अझैं राम्रो प्रदर्शन गर्ने बाचा गरेका छन् ।
त्यस्तै, क्रिकेट खेलाडी संघ नेपालका अध्यक्ष पवन अग्रवालले सानिमा बैंकले शुरुवात गरेको क्रिकेट खेलाडीलाई प्रायोजन अरु कर्पोरेट क्षेत्रले पनि सुरु गरेकोमा बैंक प्रति आभार ब्यक्त गरे ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK