
सानिमा बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्डको निर्देशन बमोजिम ग्राहकको सुविधालाई ध्यानमा राखी सी–आस्वा प्रणाली सञ्चानलमा ल्याएको छ । सार्वजनिक निस्काशनमा धितोपत्र खरिद गर्न आवेदन दिँदा अनिवार्य रुपमा सी–आस्वा सेवामार्फत मात्र आवेदन दिन पाउने हुँदा बैंकले उक्त सेवा मिति २०७४ फाल्गुण ११ बाट सञ्चालनमा ल्याएको छ ।
ग्राहकले बैंकका सम्पूर्ण शाखाबाट सी–आस्वा रजिष्ट्रेसन नम्बर लिन सक्नेछ । यो रजिष्ट्रेसन नम्बर लिई मेरो सेयर मार्फत आफै अनलाइन आवेदन दिन सक्ने अथवा बैंकको कुनैपनि शाखामा गई सी–आस्वा फारम भरी आवेदन बराबरको रकम आफ्नो बैंक खातामा रोक्का राखी सहज रुपमा यस प्रणाली मार्फत आवेदन दिन सक्ने छन् ।
सानिमा बैंकले यो सेवा निःशुल्क रुपमा प्रदान गर्दै आएको छ त्यसैगरीसी–आस्वा सञ्चालनमा आएसंगै बैंकले पुरानो आस्वा प्रणाली बन्द गरेको छ । सनिमा बैंकले सान्जेन जलविद्युत तथा रसुवागढी हाइड्रोपावर कम्पनीको प्राथमिक सेयर सि–आस्वा मार्फत सेयर आवेदन दिन हितग्राही खाता अनिवार्य रहेको हँुदा आवेदकले हितग्राही खाता बैंकका कुनै पनि शाखाबाट निः शुल्क खोल्न सक्नेछ ।
बैंकले ग्राहकहरुलाई सी–आस्वा रजिष्ट्रेस्न नम्बर लिन तथा केवाईसी अपटेड गर्नका लागि आफ्नो सम्बन्धित बैंकका शाखामा सम्पर्क राख्न आग्रह समेत गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्