
सानिमा बैंक लिमिटेडले डडेलधुराको अमरगढी, कैलालीको टिकापुर, पाल्पाको तान्सेन, उदयपुरको गाईघाट, सप्तरीको राजबिराज, इलामको माई र इलाम (बजार) गरी सात वटा नयाँ शाखा कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा थप बिस्तार गरेको छ । अमरगढी र टिकापुर शाखा कार्यालयको समुदघाटन् बैंकका ब्राण्ड प्रवद्र्धक कलाकार हरीवंश आचार्य र संचालक भरत बहादुर थापाले संयुक्त रुपमा गरे भने तान्सेन शाखा कार्यालयको समुदघाटन् ब्राण्ड प्रवद्र्धकद्वय मदन कृष्ण श्रेष्ठ र हरीवंश आचार्य (मह जोडी) तथा संचालक भरत बहादुर थापाले संयुक्त रुपमा गरे ।
समुदघाटन् समारोहमा सानिमा बैंकका संचालक भरत बहादुर थापाले स्वागत मन्तव्य व्यक्त गर्दै समस्त ग्राहक वर्गको थप सेवा तथा सुविधाका लागि सानिमा बैंकले शाखा बिस्तार गर्दै जाने नीति लिएको बताए । साथै, ग्राहक तथा सम्पुर्ण सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै थप शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।
समुदघाटन् समारोहमा मह जोडीले नेपालको विभिन्न स्थानहरुमा थप शाखा संचालनमा आएकोमा सम्पूर्ण स्थानियवासीहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै सानिमाको सफलता तथा सबल अनि विश्वशनीय बैंकको रुपमा निरन्तर बिस्तार हुन शुभकामना व्यक्त गरे ।
सानिमा बैंकको हाल ५८ शाखा, १ एक्सटेन्सन काउन्टर र ६७ ए.टि.एम. रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्