×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांसद शपथ फागुन २० मा हुँदै, २१ गते बैठक

PRIME CA

सांसद शपथ फागुन २० मा हुँदै, २१ गते बैठक

अर्थ सरोकार

१० फाल्गुन २०७४, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदको शपथ फागुन २० गते गर्ने तयारी भइरहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले २१ गते संघीय संसदको बैठक आह्वान गरेका कारणले त्यसको अघिल्लो दिन सपथ गराउने तयारी सचिवालयले गरेको हो ।
संघीय प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदको सपथ एकै दिन तर फरक फरक समयमा हुने छ । प्रतिनिधि सभामा २ सय ७५ र राष्ट्रिय सभामा ५९ जना सदस्यहरु रहेका छन् । दुई वटै सभाको सुरुको अध्यक्षता सम्बन्धित सभाका ज्येष्ठ सदस्यले गर्ने छन् । सांसदलाई शपथ गराउनुअघि दुवै ज्येष्ठ सदस्यले राष्ट्रपतिसमक्ष शपथ लिनुपर्ने हुन्छ ।
कुनै सदस्यले मातृभाषामा शपथ लिन चाहेमा अनुवाद गराएर ३ दिनअघि संसदका महासचिवलाई उपलब्ध गराउनुपर्ने नियम रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: