Skip to content
LAXMI SUNRISE BANK

शंकर ग्रुप र स्टारलिंगर एण्ड कम्पनीले सम्पन्न गरे दक्षिण एशियाकै ठुलो सम्मेलन

अर्थ सरोकार

शंकर ग्रुप अन्तर्गतको जगदम्बा सेन्थेटिक्स प्रा.लि.ले आफ्नो प्राबिधिक स्टारलिंगर एण्ड कम्पनीसंग मिलेर एड स्टार लेमिनेटेड ब्याग्स एंड सिमेन्ट प्याकेजिङ्ग सम्बन्धि दक्षिण एशियाकै सबै भन्दा भब्य सम्मेलन आयोजना गर्यो। 
उक्त प्रविधि सेकेण्ड जेनेरेसन ब्याग्सको रुपमा प्रतिष्ठित रहेका छ जसलाई सन् २०१२ देखि जगदम्बा सेन्थेटिक्सले नेपाली बजारमा ल्याएको हो साथै उक्त प्रविधिको पहिलो ग्राहक जगदम्बा सिमेन्ट रहेको थियो। 
सिमेन्ट कम्पनीहरुले प्रयोग गर्र्दै आएका साधारण प्याकेजिङ्गमा विभिन्न समस्याहरु रहेका थिए । सिमेन्ट चुहिने ,बढि धुलोहरु उड्ने, कामदारहरुलाई स्वास्थ्यमा प्रतिकुल असर पर्ने, चांग लगाउन गाह्रो हुने, लोड अनलोड गर्न गाह्रो हुनुका साथै ३ देखि ४ किलो कम हुने गर्दथ्यो ।
एड स्टार ब्याग प्रयोग पछि यी सबै समस्याहरु स्वत समाधान हुनुको साथै ५० के जी तौल भएका सिमेन्टमा शत प्रतिशत तौल ग्यारेन्टी रहने गर्दछ । उक्त ब्याग प्रयोगबाट धुलो नउड्ने, चिसो तथा पानी नछिर्ने, वातावरण मैत्री र पुन प्रयोग गर्न सकिने जस्ता फाइदाहरु लिन सकिन्छ ा उत्कृष्ट प्रविधि बाट उत्पादित एड स्टार ब्यागको टिकाउपन ३ देखि ४ महिना रहने गरेको छ जबकि सामान्य ब्याग मुश्किलले ३ महिना मात्र टिक्ने गरेको छ ।
नेपाली सिमेन्ट उद्योगका ठुला कम्पनीहरु जगदम्बा सिमेन्ट, अग्नि सिमेन्ट, सर्वोत्तम सिमेन्ट र भारतका विरला, नुभोको रए.सी.सी. सिमेन्टले पनि एड स्टार ब्याग प्रयोग गर्दै आएको र आफुहरु पुर्ण रुपमा सन्तुष्ट रहेको अभिव्यक्ति दिएका छन् । अस्ट्रिया, इटाली, भारत, बंगलादेश र चिनबाट आएका विभिन्न व्यक्तिहरुको सहभागिता रहेको उक्त सम्मेलनमा प्रमुख अतिथि इण्डियन आयलका निर्देशक ए के झा ले दिप प्रज्वलन गरि औपचारिक रुपमा कार्यक्रमको उत्घाटन गरेका थिए । शंकर गु्रपका उपाधक्ष्य सुलभ अग्रवाल, स्टारलिंगर एण्ड को. का लिण्डर ह्ुमर, नेपाल गुणस्तरका महानिर्देशक विश्व बाबु पुडासैनी र जगदम्बा सिमेन्टका प्रमुख राजेश अग्रवालको सहभागिता रहेको थियो ।
हायात रिजेन्सी होटलको बल रुममा आयोजित उक्त सम्मेलनमा बोल्दै इण्डियण आयलका निर्देशक ए के झा, स्टारलिंगर एण्ड कम्पनीका आरनल्ड सिलिप र नेपाल गुणस्तरका महानिर्देशक विश्व बाबु पुडासैनी लगाएतले पुराना प्रविधिका ब्याग भन्दा एड स्टार ब्याग को प्रयोगले धुलो नियन्त्रण गर्ने, पुन प्रयोग गर्न सकिने र पुर्ण तौल रहने जस्ता महत्वपुर्ण विशेषता रहेको हुँदा उक्त प्रविधिको ब्याग प्रयोग गरि सन्तुष्ट रहन सकिने कुरामा जोड दिए ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK