×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

पोखरामा सेयर बजारसम्बन्धि तालिम सम्पन्न, एनआइसी एसिया बैंकको पनि साथ !

  • सिए सरोकार सम्बाददाता 

काठमाडौँ- सेगा कम्प्युटर लिंक पोखराको आयोजनामा चौथो चरणको एक दिने आधारभूत शेयर तालिम सम्पन्न भएको छ । शेयर बजारको परिचय, प्राथमिक बजाार र दोस्रो बजार, कम्पनीको परिचय र प्रकार, शेयर खरिद बिक्री प्रक्रिया, शेयर बजारका फाइदा तथा जोखिम, शेयर बजारमा अपनाउनुपर्ने रणनीति, वित्तीय प्रतिवेदनका सुचकाँकको जानकारी लगायतका कुरा तालिममा प्रस्तुत गरिएको थियो ।
उक्त तालिम दुई सेसनमा विभाजन गरी सञ्चालन गरिएको कुरा तालिम सहजिकरण कर्ता तथा सेगा कम्प्युटरका म्यानेजिङ डाइरेक्टर महेन्द्र भुर्तेलले सिए सरोकार डटकमलाई जानकारी दिए । पहिलो ‘सेसन’मा शेयर बजारको परिचय, प्राथमिक बजार र दोस्रो बजार, कम्पनीको परिचय र प्रकार, शेयर खरिद बिक्री प्रक्रिया, शेयर बजारका फाइदा तथा जोखिमका बारेमा प्रशिक्षक कमल कोइरालाले र दोस्रो सेसनमा शेयर बजारमा अपनाउनुपर्ने रणनीति, वित्तिय प्रतिवेदनका सुचकाँकको जानकारी लगायतका विषयमा तालिम सिए दिपक भुर्तेलले प्रस्तुत गरेका थिए । साथमा उक्त तालिममा डिम्याट, आश्वा,  र सि.आश्वाको विषयमा एनआइसी एसिया बैंकका क्षेत्रीय प्रतिनिधिले जानकारी दिएका थिए ।
तालिम नवप्रवेशिलाई लक्षित गरिएको थियो । उक्त तालिममा २३ जना प्रशिक्षार्थी उपस्थित रहेका थिए । उक्त तालिममा प्रशिक्षार्थिको तर्फबाट नवप्रवेशी लगानीकर्ता दिपेन गिरीले यस्ता कार्यक्रमबाट हामी क्षमता विकास हुनुका साथै केही कुरा सिकेर मात्र शेयर बजारमा प्रवेश गर्नुपर्ने रहेछ भन्ने अनुभव व्यक्त गरेका थिए । आफ्नै आन्तरिक स्रोत र साधनबाट तयार गरिने यस्ता तालिमहरुले एकातर्फ पूँजी बजारलाई सकारात्मक दिशातर्फ लैजाने पक्का छ भने अर्कोतर्फ यस्तो काम गर्नुपर्ने नेप्सेलाई पनि ठुलै ‘च्यालेन्ज’ बनीरहेको विश्लेषकहरु बताउँछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: