
शाइन रेसुङ्गा डेभलपमेण्ट बैक लिमिटेड यहि फाल्गुण ११ गते स्थापनाको नवौं बर्ष पुरा गरी दशौं बर्षमा प्रबेश गरेको अवसरमा बैकले रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिकाको बनकट्टी, मणिग्राम र बुटवल उपमहानगरपालिकाको बेलवास तथा सैनामैना नगरपालिकाको मुर्गियामा थप चार शाखा कार्यालयवाट सेवा सञ्चालन गरेको छ ।
बनकट्टी र मणिग्राम शाखा कार्यालयको नेपाल राष्ट्र बैक, सिद्धार्थनगर कार्यालयका निर्देशक अशोक कुमार पौडेल, बेलवास शाखा कार्यालयको बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुबेदी र मुर्गिया शाखा कार्यालयको सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्किले समुद्घाटन गरे ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त समद्घाटन कार्यक्रममा बैकले २१ जना जेष्ठ नागरीकहरुलाई नगद र अभिनन्दन पत्र सहित सम्मान गरेको थियो भने १६ वटा आमा समुहसंग सीपमुलक तथा व्यवसायीक तालिम प्रदान गरि उद्यमि बनाउने सम्बन्धी समझदारीपत्र आदान प्रदान गर्नुका साथै आमा समूहहरुले पिछडिएका महिलाहरुको हकहितमा कार्य गरि महिला सशक्तिकरणमा उल्लेखनिय भूमिका निर्वाह गरेकोेमा अभिनन्दन गरि सम्मान गरेको थियो । उक्त अवसरमा स्थानिय सामुदायीक बिद्यालयमा अध्ययनरत गरीव तथा जेहेन्दार बिद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गर्नका लागि ५ बिद्यालयहरुसंग समझदारीपत्रमा हस्ताक्षर गरी २१ जना विद्यार्थीहरुलाई छात्रबृत्ती प्रदान गरेको थियो भने ट्राफिक जनचेतना तथा दुर्घटना न्यूनीकरण र अनुगमनका लागी पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालयलाई ४ थान साइकल, रोड डिभाइडर र ट्राफिक जनचेतनामूलक बोर्डहरु प्रदान गरेको थियो । बनकट्टी स्थित टिकुलीगढ स्वास्थ्य चौकीलाई बेड र बिश्रामका लागि वेटिगं चेयर प्रदान गरेको थियो ।
बनकट्टी र मणिग्राम शाखाको समुद्घाटन गर्दै नेपाल राष्ट्र बैकका निर्देशक अशोक कुमार पौडेलले बित्तयी अनुशासनमा रहेर यस बैकले हासिल गरेको उपलव्धि अनुकरणीय रहनुका साथै वित्तीय पंहचमा यस बैंकले निर्वाह गरेको भूमिकाले आर्थिक समृद्धिको लक्ष्यलाई सार्थक बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले बुटवल स्थानीय बैंकहरुसंग सहकार्य गरि एकिकृत आर्थिक विकासको अवधारणा अनुसार कार्य गरि बुटवल उपमहानगरपालिकाको समग्र आर्थिक विकास गरिने बताए । सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्कीले कृषि, पर्यटन उद्योग र व्यापारको विकासमा यस बैंकले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
सञ्चालन यशोधन पाण्डेले गरेको उक्त कार्यक्रमको अध्यक्षता गरेका बैंकका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले बैंकका भावि कार्यक्रमहरुका बारेमा प्रकाश पारेका थिए भने प्रमख कार्यकारी अधिकृत प्रकाश पौडेलले प्रदेश नंं. ५ का प्रत्येक जनताको घर घरमा सहज, विश्वसनीय र गुणस्तरीय बैकिंग सेवा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
चुक्ता पूँजी १ अर्व ३७ करोड रहेको यस बैंकले १२ अर्व ३३ करोड निक्षेप परिचालन गरि १० अर्व ९३ करोड कर्जा लगानी गरेको छ । शाखा संख्या ३२ र २ वटा एक्सटेन्सन कार्यालय रहेको यस बैंकले आवश्यकता र सम्भाव्यताका आधारमा सेवा विस्तार गर्दे जाने प्र्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्