×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्वार्थ बैंकको १४% बोनस सुरक्षित गर्ने आज अन्तिम मिती

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिद्वार्थ बैंकको १४% बोनस सुरक्षित गर्ने आज अन्तिम मिती

१६ फाल्गुन २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सिद्वार्थ बैंकको १४% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । चैत ४ मा हुने साधारण सभामा बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश हुनेछ । यसका लागि बैंकले फागुन २० गतेबाट बुक क्लोज गर्दैछ । बुक क्लोज हुनुभन्दा अघि कायम भएका सेयरधनीले मात्र यो बोनस पाउनेछन् । बिहीबार होलीको कारण सेयर बजार बन्द हुने भएकाले बोनस सुरक्षित गर्न बुधबार नै सेयरधनी कायम हुनुपर्छ । सिद्धार्थले बोनस वापत ९५ करोड ५६ लाख ५६ हजार ४०२ रुपैयाँ खर्च गर्नेछ । 
 साधारण सभा राष्ट्रिय सभागृह प्रदर्शनी मार्ग, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सिद्धार्थले हकप्रद बिक्री गर्नुभन्दा अघि कायम चुक्ता पुँजी ६ अर्ब ८४ करोड ४९ लाख ४९ हजारलाई आधार मानेर बोनस सेयर दिन लागेको हो । हकप्रद र बोनसपछि भने चुक्ता पुँजी ८ अर्ब ४६ करोड ४३ लाख ८५ हजार २७२ रुपैयाँ पुग्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी