×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंकको बागलुङ्ग शाखाको औपचारिक शुभारम्भ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिद्धार्थ बैंकको बागलुङ्ग शाखाको औपचारिक शुभारम्भ

२३ माघ २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सिद्धार्थ बैंक लिमिटेडले बागलुङ शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । बागलुङ जिल्लास्थित बागलुङ बजारमा उक्त शाखाको उद्घाटन उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठ तथा बागलुङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारीले सोमबार संयुक्त रुपमा गरे । 
यस शाखाबाट बैंकका अन्य शाखाहरुबाट जस्तै सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन् । साथै यी शाखाबाट स्थानीय स्तरमा बैकिङ्ग पहुँच बढ्न गई स्थानीय बचत परिचालन, उद्यमशिलताको वृद्घि जस्ता आर्थिक गतिविधि बढ्ने र यस स्थानका व्यापारी तथा सर्वसाधारणले बैंकले प्रदान गर्दै आएको उच्चस्तरीय सेवाबाट लाभान्वित हुने विश्वास बैंकले लिएको छ । 
हालै बैंकले देशभर ९२ वटा शाखा, ३ एक्स्टेन्सन् काउन्टर, ९९ शाखारहित बैंकिङ्ग सेवा, १०५ एटीएम, र ६५० भन्दा बढी पस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७४/०७५ को पौष मसान्तसम्म बैंकले कुल निक्षेप रु. ८५ अर्ब ५७ करोड र कर्जा लगानी रु. ७६ अर्ब ९५ करोड गरेको छ भने पौष मसान्तसम्म खुद मुनाफा ७७ करोड रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी