Skip to content
LAXMI SUNRISE BANK

सिद्धार्थ फाउन्डेसनद्धारा गलेश्वरधाम जेष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग

अर्थ सरोकार

सिद्धार्थ बैंकद्धारा प्रबद्र्धित सिद्धार्थ फाउन्डेसनले गलेश्वरधाम जेष्ठ नागरिक आश्रमका वृद्धावृद्धाहरुको सह्रयोगार्थ दुई लाख ११ हजार एक सय ११ रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको छ । उक्त सहयोग रकम बेनी शाखाको औपचारिक शुभारम्भको अवसरमा २०७४/१०/२१ गते बैंकका संचालक विरेन्द्र कुमार शाहले गलेश्वरधाम वृद्घाश्रम व्यवस्थापन समितिका अध्यक्ष्यरुद्र बहादुर कार्कीलाई हस्तान्तरण गरे ।
सिद्धार्थ फाउन्डेसनले उक्त आश्रमको नाममा अक्षयकोष स्थापना गरेको छ । उक्त कार्यक्रममा फाउन्डेसनले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरुमा थप सहभागिता जनाउँदै जाने जानकारी गरायो ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK