Skip to content
LAXMI SUNRISE BANK

सिन्धुका केही संस्थापकले सेयर बिक्री गर्दै, क-कसले पाइन्छ भर्न ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सिन्धु विकास बैंकका केही संस्थापक सेयर बिक्री गर्ने भएका छन् । तर कम्पनीले बिक्रेता संस्थापक सेयरधनी र उनीहरुले बेच्न लागेको कित्ताका बारेमा जानकारी गराएको छैन । यसमा सिन्धुका संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । संस्थापकले नकिनेमा मात्र सर्वसाधारणले पनि आवेदन दिन पाउनेछन् । 
संस्थापक सेयर खरिद गर्न इच्छुक व्यक्तिले सूचना सार्वजनिक भएको ३५ दिनभित्र सिन्धुको कर्पोरेट कार्यालय बनेपा काभे्रमा वा एनआइबीएल क्यापिटल मार्केट्स लिमिटेड, लाजिम्पाट काठमाडौंमा आफूले खरिद गर्ने सेयर कित्ताको व्यहोरा खुलाई आवेदन दिनुपर्नेछ । सेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुनेछ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सिन्धुको चुक्ता पुँजी ४१ करोड ८१ लाख १६ हजार रुपैयाँ रहेको छ । यो त्रैमासमा बैंकले १ करोड १० लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । सिन्धुको प्रतिसेयर आम्दानी ५ रुपैयाँ २९ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ८६ पैसा छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK