×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेकपा नेताहरु गिरफ्तार हुनुमा एसपी जिसीले भने यस्तो कुरा

PRIME CA
GLOBAL IME BANK

नेकपा नेताहरु गिरफ्तार हुनुमा एसपी जिसीले भने यस्तो कुरा

६ फाल्गुन २०७४, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा नेकपा नेताहरु गिरफ्तार भएका छन् । पार्टीको युवा संगठन राष्ट्रिय युवा जनस्वयमसेवकको राष्ट्रिय सम्मेलन सहभागी भइरहेको बेला प्रहरीले नेता हेमन्त ओली र पोलिट्ब्यूरो सदस्य पदम राईसहित ७ जनालाई गिरफ्तार गरेको छ ।
नेता ओली र राईसंगै युवा जनस्वयमसेवकका केन्द्रीय सदस्य दिनेश, नबिन, केशब, कमल र दिपकलाई पनि प्रहरीले गिरफ्तार गरेको छ ।
बिराटनगरकोको राजवंशी चोकबाट उनिहरूलार्इ नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ । यसैबीच जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी अरुण कुमार जिसीले माथिको आदेशमा सोधपुछका लागि नियन्त्रण लिएको स्वीकार गरेका छन् । ‘हामीले माथिको आदेश पालना गरेका हौं । ‘ प्रहरी प्रमुख एसपी जिसीले भने, -‘उहाँहरुको के कार्यक्रम रैछ, त्यहि विषयमा सोधपुछ गर्न मात्र हो ।’
युवाहरुको राष्ट्रिय सम्मेलनबारे जानकारी नभएको कारणले उनिहरुलाई गिरफ्तार गर्नुपरेको एसपी जिसीले बताएका छन । नेकपाले आफ्ना भेला सम्मेलन र कार्यक्रमहरु गर्न प्रहरीलाई पुर्व जानकारी दिनुपर्ने भन्दै प्रधानमन्त्री ओलीले उनीहरुलाई गिरफ्तार गर्न निर्देशन दिएको बुझिएको छ ।
सोधपुछपछि छोड्न आदेश आएमा मात्र नेताहरुलाई रिहा गर्नमिल्ने एसपी जिसीको भनाइ छ ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा आफ्ना नेताहरुलाई गिरफ्तार गरेको भन्दै तत्काल रिहा नगरे गाउँगाउँबाट एमालेका नेता–कार्यकर्ता लखेट्ने नेकपाले चेतावनी दिएको छ ।
सम्मेलनको शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेकोमा नेकपाले घाेर आपत्ति जनाएको छ । नेकपाका प्रवक्ता प्रकाण्डले त्यस्तो हर्कत नगर्न प्रहरी प्रशासनलाई कडा चेतावनी दिएका छन । प्रवक्ता प्रकाण्डले शान्तिपूर्ण कार्यक्रममा प्रहरी हस्तक्षेप , दमन र घेराबन्दीले पार्टीलाई आक्रोशीत बनाएको बताएका छन । उनले सरकारलाई यस्तो हर्कत तकाल बन्द गर्न चेतावनी समेत दिएका छन ।
अन्यथा सरकारको हस्तक्षेपकारी दमन बिरुद्ध जनता सडकमा उत्रने र त्यसवाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकार स्वयंले लिनु पर्ने उनले बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: