
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय विदेश मन्त्री सुष्मा स्वराज पनि वान टु वान बार्ता भएको छ ।
राजधानीको होटल सोल्टीमा विहान ९ः४० देखि साढे १० बजेसम्म ५० मिनेटसम्म भएको भेटवार्तामा दुई पक्षीय हित, आपसी चासो र नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको बुझिएको छ । भेटपछि प्रचण्डले चुनावपछिको अवस्था र सरकार गठनको तयारीका बारेमा स्वराजसाग कुराकानी भएको बताए ।
भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले अब नेपालको प्रक्रिया कसरी अघि जाला भनेर पनि जिज्ञासा राखेको बताए। ‘यसलाई मैले सद्भाव भ्रमणको रूपमा बुझे। नेपालको चुनावपछि सरकार गठनको बारेमा सकारात्मक कुरा भए, उहाँले हामीलाई बधाई र शुभकामना दिनुभयो,’ दाहालले भने।
दाहाल र स्वराजको भेटमा स्वराजले मंसिरमा सम्पन्न चुनावमा माओवादीले पाएको परिणामका लागि बधाई दिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ। दुई दिने नेपाल भ्रमणमा आएकी स्वराज सोल्टी होटलमै बसेकी छन्।
हिजो सोही होटलमा स्वराजले एमाले नेताहरूसँग सामुहिक रात्रीभोज गरेकी थिइन्। रात्रीभोजपछि मधेसवादी दलका नेतालाई सामुहिक रूपमा भेटेकी थिइन्। स्वराजलाई भेट्न प्रचण्ड भने माओवादीका अन्य नेताहरुलाई नलिई एक्लै सोल्टी होटल पुगेका हुन्।
एमाले नेताहरुसँगको सामुहिक भेट र छलफलअघि अध्यक्ष ओलीले पनि स्वराजसँग वान टु वान वार्ता गरेका थिए। स्वराजले आजै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेट्दैछन्। उनी आजै भारत फर्कने कार्यक्रम छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्