
म्याग्दी – जिल्ला अस्पतालले बेनी ५ फुर्केसल्लाकी २० वर्षीया समीक्षा कुँवरलाई आइरन चक्की भन्दै ४ सय एमजीको अल्बिन्डाजोल दिएको भेटिएको छ । अल्बिन्डाजोल जुकाको औषधि हो ।
गर्भवती जाँच कक्षमा कार्यरत पब्लिक हेल्थ नर्स राधिका शर्मा आचार्यले दिएको उक्त औषधिका ७० वटा ट्याब्लेट गर्भवतीले दैनिक सेवन गरेकी थिइन् । दोस्रोपटक गर्भ परीक्षण गराउन जाँदा मात्र गर्भवतीले आइरन चक्कीको सट्टा जुकाको औषधि सेवन गरेको खुलेको हो ।
‘गलत औषधि परेको उजुरी परेपछि पोखरा पुर्याएर भिडियो एक्सरे गर्यौं, रिपोर्टमा अहिले आमा र गर्भको अवस्था राम्रो देखिएको छ,’ अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रोशन न्यौपानेले भने, ‘औषधिको प्रभावको बारेमा हामीभन्दा माथिल्लो तहको विज्ञ टिम आवश्यक परेकाले क्षेत्रीय स्वास्थ्य कार्यालयमा सहयोग माग्दैछौं ।’
अस्पतालले आरोपी नर्सलाई विभागीय कारबाही गरी गर्भवतीलाई सुत्केरी नहुँदासम्म चिकित्सकको निगरानीमा राख्ने, जिल्लामा सुत्केरी हुन नसक्ने अवस्था भए पोखरा पुर्याउने र जन्मेपछि बच्चाको नियमित अनुगमन गर्ने लिखित प्रतिबद्धता जनाएको छ । गर्भवतीका आफन्तले अहिले आमा र गर्भको अवस्था सामान्य देखिए पनि जन्मेपछि बच्चालाई हुन सक्ने अपांगताको जोखिमलाई लिएर चिन्तित रहेको बताएका छन् ।
‘जुकाको हाइडोज औषधि लामो समयसम्म सेवन गरेकाले हामीलाई बच्चाको भविष्यको चिन्ता छ,’ पीडित समीक्षाले भनिन्, ‘औषधि कुन हो भन्ने जानकारी मलाई भएन । नर्सले यही औषधि नियमित खानु भन्नु भएकोले ७० दिन लगातार खाएँ ।’ – कान्तिपुर दैनिकबाट
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्