
काठमाडौँ – टाटा मोटर्स एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि ले ग्राहकवर्गसँग अझ बढि नजिकिने प्रयासका रुपमा २५औं सर्भिस सेन्टर ललितपुरको बागडोलमा स्थापना गरेको छ ।
बागडोलमा अवस्थित नयाँ सर्भिस सेन्टरबाट ग्राहकले हप्तामा ६ दिन बिहान ७ बजे देखि साँझ ५ः३० बजे सम्म सेवा प्राप्त गर्नेछन् । उक्त सर्भिस सेन्टर ७,७५० वर्ग फिट क्षेत्रफलमा फैलिएको छ । ग्राहक वर्गको आवश्यकता अनुसार कला कौशलले सुसज्जित सुक्ष्म रुपमा बिक्रि पछिको सेवा पूर्ण रुपले उपलब्ध गराउने समेत कम्पनीले जनाएको छ ।
टाटा मोटर्सको नयाँ सर्भिस सेन्टर उद्घाटनको सन्दर्भमा टाटा मोटर्सका ग्राहक सेवा प्रमुख श्री सचिन सहानीज्यूले भन्नुभयो “गाडीको व्यापारमा सेवा एकदमै महत्वपूर्ण तथा शक्तिशाली कुरा रहेछ, उत्कृष्ट सेवाको कारणले नै नेपाली ग्राहकवर्गको मन जित्न सफल भएका छौं । हाम्रो ब्राण्ड लाई एकदमै विश्वास गरिदिनु भएकोमा ग्राहकवर्ग तथा हाम्रो सहकर्मी सिप्रदी ट्रेडिङ प्रा.लि. प्रति आभार प्रकट गर्दछौं । ग्राहकवर्गको रोजाई र नयाँ सेवा सुविधा सहित बिक्रि पछि को सेवालाई महत्व दिएको कारणले बढ्दो उत्पादनले उत्कृष्टताको साथै जोखिम कम गर्नमा महत्व पु¥याउछ ।”
सोही समारोहमा बोल्दै सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत श्री राजनबाबु श्रेष्ठ भन्नुहुन्छ “यो देशमा नयाँ कला सिप प्रयोग गरि विश्वस्तिरीय सुबिधाको साथै ग्राहकवर्गको सुविधालाई ध्यानमा राखी बढ्दै गएको व्यपारमा विश्वस्तिरीय सम्मानित ब्राण्ड टाटा मोटर्ससँग हातमा हात मिलाएर अघि बढ्न पाउँदा खुसी लागेको छ” ।


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्