
- प्रनिश थापा / अर्थ सरोकार डटकम
चितवन : आन्तरीक राजस्व कार्यालय भरतपुरमा यस आर्थिक बर्ष ०७४÷७५ मा ७ हजार बढी करदाता थपिएका छन् । चालु आवको माघ मसान्तसम्म ७ हजार १ सय ७७ जना करदाता थपिएका हुन् । कार्यालयका अनुसार चितवन र नवलपुर जिल्ला बाट हालसम्म ८६ हजार ३ सय २० जनाले पान नम्बर लिएका छन् । यसमध्ये ७४ हजार ५५ जना करदाता मात्रै सक्रिय रहेको आन्तरीक राजस्व कार्यालय भरतपुरले जनाएको छ ।
सक्रिय करदाताहरुमा ४३ हजार ९ सय ६६ जनाले व्यवसायीक पान नम्बर लिएका छन् भने ३० हजार ८९ जनाले व्यक्तिगत पान नम्बर लिएका छन् । सक्रिय व्यवसायीक पान नम्बर लिने करदाता भित्र भ्याटका ६ हजार ८ सय ७२ जना, शिक्षाका २१ सय ८० जना, अन्त: शुल्क ४ हजार ३ सय २० जना र स्वास्थ्य सेवाका २ सय ३२ जना करदाता समावेश छन् । कार्यालयले दिएको तथ्यांक अनुसार १२ हजार २ सय ६५ जना करदाता निश्क्रिय अर्थात व्यवसाय बन्द गरेका छन् । चालु आवको ७ महिनाको अवधिमा कार्यालयले १० अर्ब ६६ करोड ५१ लाख २५ हजार रुपैंया राजस्व संकलन गरेको छ । संकलित राजश्व लक्ष्य भन्दा ७ प्रतिशत बढी भएको कार्यालयका सुचना अधिकारी डिल्लीराम पौडेलले जानकारी दिए ।
गत आव भन्दा यस आवमा ३२ प्रतिशत राजस्व बढी संकलन भएको आन्तरीक राजस्व कार्यालय भरतपुरका सुचना अधिकारी पौडेलको भनाइ छ । आर्थिक बर्ष ०७३÷७४ को ७ महिनाको अवधिमा ८ अर्ब ६ करोड ८३ लाख ९ हजार रुपैंया राजस्व संकलन भएको थियो । यस आवको हाल सम्म आयकर ७७ करोड ५५ लाख ६६ हजार रुपैंया, अन्तशुल्क ९ अर्ब ५ करोड ५९ लाख रुपैयाँ र भ्याट आन्तरिकबाट ६३ करोड ९७ लाख ४४ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्