
बुटवल – एस आर पाण्डे एण्ड कम्पनीका सिए अरुण कुमार राउत र सनराइज बैकका बिभागीय प्रमुख हरि प्रसाद आचार्यले सहजिकरण र बुटवल जेसीज र नेपाल युवा उद्यमी मञ्च रुपन्देहीको संयुक्त आयोजनामा एक दिने कर तथा व्यवसायीक प्रतिवेदन लेखन तालिम सम्पन्न भएको छ । उक्त कार्यक्रममा बुटवल तथा आसपासका करिव ६० जना साना तथा मझौला व्यवसायीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सामान्य लेखाशास्त्रका सिद्धान्त, चालुपूजी व्यबस्थापनका आधारभूत नियमहरु , नेपाल सरकारको कर नीति, कर विवरण तयार गर्दा ध्यान दिनुपर्ने सामान्य कुराहरु, कर दाखिला तथा चुक्ता प्रमाण, व्यवसायिक योजना, वजार प्रबद्र्धन तथा बिक्री, व्यवसायिक वातावरणको विश्लेषण लगायतका विषयमा चर्चा गरिएको थियो । कार्यक्रमको सञ्चालन बुटवल जेसीजका महासचिव यामप्रसाद तिवारीले गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै बुटवल जेसीजका अध्यक्ष राजेन्द्र घिमिरेले जेसीजका चार अवसरका क्षेत्रमध्य युवा उद्यमीहरुलाई उद्यमसंग सम्वन्धित तालिम प्रदान गरि समृद्ध देश निर्माणको लागि पहल गरेको बताउएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्