
काठमाडौं – सस्तोमा सुन दिन्छु भनेर २० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । बजार भाउ भन्दा सस्तोमा सुन दिन्छु भनेर ठगी गरेको उजुरी परेपछि प्रहरीले दाङका ३२ वर्षका नरेन्द्र महरा, दार्चुलाका ३३ वर्षका इन्द्रसिंह धामी र २८ वर्षका भुपेन्द्र सिंह धामीलाई माघ २५ गते पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्रहरीले २० लाख ५० हजार रुपैयाँ, आइफोन सिक्स मोवाइल र बा ११ च ७६४२ नम्बरको गाडी बरामद गरेको छ । प्रहरीले उनीहरुकै सूचनाको आधारमा रेड पाण्डाको छाला तस्करीमा संलग्न र चितवनका २४ वर्षका भरतविलास पराजुलीलाई पक्राउ गरेको छ ।
ठगी आरोपमा पक्राउ परेका नरेन्द्र महराको मोवाइलमा रेडपाण्डाको फोटो देखिएपछि अनुसन्धान गर्दै जाँदा पराजुली पक्राउ परेका महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ । पराजुलीलाई अनुसन्धानका लागि जिल्ला वन कार्यालय हात्तीसार पठाइएको छ भने अरुको महानगरी प्रहरी परिसरले नै अनुसन्धान गरिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्