
संखुवासभा – संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका– ३ का वडाध्यक्ष तोयानाथ ढुङ्गानाको हृदयाघातका कारण निधन भएको छ । ढुंगानाको गत आइतबार ६५ वर्षको उमेरमा निधन भएको हो ।
फागुन १३ गते बिहान ढुंगाना एक्कासि ढलेपछि उनलाई जिल्ला अस्पताल खाँदबारी ल्याइएको थियो । तर चिकित्सकले उनलाई बचाउन सकेनन् । अस्पताल पुर्याएलगत्तै उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । ढुंगाना केही समयदेखि मुटु र रक्तचापका बिरामी थिए ।
शिक्षण पेशाबाट सेवानिवृत्त ढुङ्गाना ०७४ असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट खाँदबारी नगरपालिका–३ को वडाध्यक्षमा निर्वाचित भएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्