
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा युनिलिभर नेपाल लिमिटेडको खुद नाफा १८.५३% ले घटेको छ खुद नाफा कमाएको छ । युनिलिभरको गत वर्ष यही त्रैमासमा कम्पनीले १८ करोड ७८ लाख रुपैयाँ खुद नाफा घटेर १५ करोड ३० लाख रुपैयाँमा सिमित रहेको छ । यस्तै, कम्पनीले आफ्ना उत्पादन बिक्रीहरुबाट गर्ने कमाई पनि घटाएको छ । यस अवधिमा उत्पादन बिक्रीबाट १ अर्ब २ करोड ११ लाख रुपैयाँ कमाई गरेको छ । गत वर्ष युनिलिभरले १ अर्ब ५ करोड ९६ लाख रुपैयाँको उत्पादनहरु बिक्री गरेको थियो । उत्पादनबाट हुने कमाईमै गिरावट आएकाले खुद नाफा पनि प्रभावित भएको हो । कम्पनीले सञ्चालन नाफा घटेर १ अर्ब ५ करोड ५० लाख रुपैयाँ पुर्याएको छ । गत वर्ष १ अर्ब २१ करोड ८१ लाख रुपैयाँको सञ्चालन नाफा गरेको थियो ।
युनिलिभरले विज्ञापन खर्च भने घटाएर १३ करोड १७ लाख रुपैयाँमा झारिदिएको छ । जबकी गत वर्ष कम्पनीले यही त्रैमासमा १७ करोड ८९ लाख रुपैयाँ बिज्ञापनमा खर्च गरेको थियो । युनिलिभरको सेयर पुँजी ९ करोड २१ लाख छ भने रिजर्भमा १ अर्ब २६ करोड ७६ लाख रुपैयाँ छ । युनिलिभरको प्रतिसेयर आम्दानी १६६ रुपैयाँ छ । गत वर्ष प्रतिसेयर आम्दानी २०४ रुपैयाँ थियो । प्रतिसेयर नेटवर्थ पनि घटेर १३ सय ७७ रुपैयाँमा आइपुगेको छ । गत वर्ष प्रतिसेयर नेटवर्थ १४ सय ७४ रुपैयाँ थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्