
काठमाडौं – संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी हुने भएको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा भएको वैठकमा फोरम अध्यक्ष उपेन्द्र यादवलाई सहमतिमा ल्याइएको थियो ।
फोरमले संविधान संशोधनको सर्त अघि सारेको थियो । प्रधानमन्त्री ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र यादवबीच भएको वार्तामा संविधान संशोधन गरिने सहमति भएको छ । यसलाई लिखित रूप दिएपछि फोरम सरकारलाई समर्थन गर्दै सहभागी हुने भएको छ । फोरमको समर्थनले सरकार दुई तिहाई बहुमतको हुनेछ ।
प्रधानमन्त्री ओलीले फोरमलाई एक उपप्रधानसहित परराष्ट्र मन्त्रालय, एक मन्त्री र एक राज्यमन्त्री दिनेछन् । ‘लगभग सहमति भएको छ । फोरम सरकारमा आउने पक्का छ ।’, स्रोतले भन्यो । सरकारमा उपप्रधानसहित परराष्ट्रमन्त्रीको जिम्मेबारी यादवले लिनेछन् । यो जनप्रहार साप्ताहिकमा खबर छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्