×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

किन पुगे उपेन्द्र यादव मध्यरातमा बालुवाटार ? यस्तो छ कुरा

PRIME CA
GLOBAL IME BANK

किन पुगे उपेन्द्र यादव मध्यरातमा बालुवाटार ? यस्तो छ कुरा

१४ फाल्गुन २०७४, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – मध्यरातमा संघिय समाजबादी फोरमका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री केपी शर्मा ओलीसंग वार्ताका लागि आइतवार राति बालुवाटार पुगेका थिए । प्रम ओली र यादवबीच राति निकै लामो छलफल भएको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग वान टु वान वार्ता सिध्याएपछि प्रधानमन्त्री ओलीले यादवलाई बालुवाटारमा निम्तो दिएका थिए ।
प्रधानमन्त्रीको निम्तोपछि मध्यरात बालुवाटार छिरेका यादव करिव ३ घण्टा ओलीसँग बसेका थिए । एमाले र माओवादी केन्द्रबाट सरकारमा जाने मन्त्रीहरुको सूचि तयार पारेपछि ओलीले मन्त्रीको नाम दिन यादवसँग आग्रह गरेका थिए । यादवले आफु सरकारमा जान तयार भएको तर केही दिनलाई पर्खिन आग्रह गरेको स्रोतले बताएको छ ।
सोमबार मन्त्रिमण्डल बिस्तार हुने भएको छ । एमाले र माओवादीका मन्त्रीसँगै फोरमलाई पनि सरकारमा सहभागि गराउन ओलीले यादवलाई बालुवाटार बोलाएका थिए । बालुवाटारमा सोमवार सपथ खानेगरी फोरमबाट मन्त्री सहभागि नहुँने भएका छन् । यादवले सरकारमा सहभागि हुनुपुर्व आफुले राखेको चार बुँदे प्रस्तावका बिषयमा कुरा उठाएका थिए । प्रधानमन्त्री ओलीले औचित्यका आधारमा संविधान संशोधन गर्ने आश्वासन पनि यादवलाई दिएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: