
काठमाडौँ – माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगाए पनि मन्त्रालयको भागबण्डा भने टुंगाउन नसक्दा विवाद उत्पन्न भएको छ। माओवादीले पार्टीका नेता रामबहादुर थापालाई गृह मन्त्रालय दिएपछि सोही मन्त्रालयको आकांक्षी रहेका माओवादी नेताहरु वर्षमान पुन र जनार्दन शर्मा यतिबेला उर्जा मन्त्रालय हत्याउनको लागि दौडधुपमा रहेका छन् ।
थापाले गृह मन्त्रालय पाएपछि ऊर्जा मन्त्रालय आफुले पाउनु पर्ने भन्दै पार्टी नेता जनार्दन शर्मा र बर्षमान पुनबीच विवाद सुरु भएको हो । यसअघि ऊर्जामन्त्री बन्दा राम्रो काम गरेकाले पुनः आफूले अवसर पाउनुपर्ने भन्दै शर्माले आग्रह गरिरहेका छन् । ०६५ मा प्रचण्ड नेतृत्वको सरकारमा शान्ति तथा पुनर्निर्माण, ०७३ मा प्रचण्ड नेतृत्वकै सरकारमा ऊर्जा र ०७४ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा गृहमन्त्री बनेका जनार्दन शर्मा चौथोपटक मन्त्री बन्दै छन् । गृह नपाएपछि उनको पनि ऊर्जामै दाउ छ ।
एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकारमा ०६७ मा दुई महिना शान्ति तथा पुनर्निर्माणमन्त्री बनेका वर्षमान पुन ०६८ मा डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा अर्थमन्त्री बने । त्यसयता पाँच वर्षसम्म उनी सत्ताबाहिर छन् । गृह नपाएपछि अहिले उनी ऊर्जा मन्त्रालय ताकिरहेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्