
काठमाडौं – एन आईसी एशिया बैंक लिमिटेडले अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँगको सहकार्यमा यस बैंकको भिसा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरि नेपालभित्रको कुनैपनि पीओएस मेशिन मार्फत सामान वा सुविधा खरिद गर्दा क्यास ब्याक (नगद फिर्ता) हुने योजना ल्याएको छ ।
बैंकले फेब्रुअरीदेखि अपि्रलसम्म तीन महिनाको लागि यो योजना ल्याएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले जानकारी दिए ।यस योजना अन्तर्गत यस बैंकको भिसा डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले प्रत्येक महिना कार्डबाट गरिने पहिलो तीनवटा भुक्तानीमा १० प्रतिशत वा प्रति भुक्तानी रु ५०० सम्मको नगद फिर्ता प्राप्त गर्नेछन् । यस योजनाबाट बैंकको भिसा डेबिट/क्रेडिट कार्ड प्रयोग गर्ने २ लाख ४० हजारभन्दा बढी ग्राहकहरू लाभान्वित हुने बैंकले जनाएको छ ।
एनआईसी एशियाका हाल १६३ वटा शाखा कार्यालय, ४ वटा विस्तारित काउन्टर, १५६ वटा एटीएम मेशिन तथा ५१८ वटा पीओएस मेशिन लगायतबाट आफ्नो सेवाहरु विस्तार गरिरहेको छ । तथा यस्ता योजनाहरुबाट ग्राहकवर्गहरूलाई आगामी दिनमा थप सुविधा प्रदान गर्दै लैजाने नीति बैंकलेे लिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्