Skip to content
LAXMI SUNRISE BANK

बाम एकता तत्कालका लागि तुहिएपछी प्रचण्डमाथि योगेशको यस्तो हमला !

अर्थ सरोकार

काठमाडौं – बाम एकता तत्कालका लागि तुहिएपछी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)माथि नेकपा एमालेका सचिव योगेश भट्टराईले छड्‍के हमला गरेका छन् ।
उनले सामाजिक संजालमा ट्‍वीट गर्दै प्रचण्डले प्रयोग गर्दै अाएका फड्को, छलाङ, क्रमभङ्ग, महाबिपत्ति जस्ता शब्दहरु उपन्यासकारलाई दिन भनेका छन् । उनले भनेका छन्, ‘अचानक फड्को हान्दा बिचैमा खसेर बेहाल पनि त हुनसकिन्छ नि कि कसो कमरेड ? फड्को, छलाङ, क्रमभङ्ग, महाबिपत्ति जस्ता शब्दहरु उपन्यासकार तिर पन्छाइदिए राम्रो होला कि ?’
शनिबार चितवनमा अायोजित एक कार्यक्रममा देशको हित नहुने जस्तो लागेमा अाफू फड्‍को हान्दै अाएको भन्दै प्रचण्डले एमालेलाई घुमाउरो भाषामा चेतावनी दिएका थिए । प्रचण्डले अाफूलाई अस्थिर नेता भएको भन्दै लाग्दै अाएको अारोपको खण्डन समेत गरेका थिए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK