×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्ञवाली र पोखरेललाई पाखा लगाउँदै डा. खतिवडा बने अर्थमन्त्री, यसकारण डेढ महिनाभित्र आउनेछ नेप्सेमा उछाल !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ज्ञवाली र पोखरेललाई पाखा लगाउँदै डा. खतिवडा बने अर्थमन्त्री, यसकारण डेढ महिनाभित्र आउनेछ नेप्सेमा उछाल !

१४ फाल्गुन २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं- डा. युवराज खतिवडा नेपालको अर्थमन्त्री बनेका छन् । प्रदीप् ज्ञवाली र इश्वर पोख्रेल मध्ये एक अर्थमन्त्री हुने चर्चा चलेका बेला खतिवडालाई केपी ओलीले अर्थ मन्त्रालयको जिम्मेवारी दिएका छन् । उनी कतिपय क्षेत्रमा राज्यको हस्तक्षेपकारी नीति हुनुपर्छ भन्ने मान्यता राख्ने व्यक्ति हुन् ।
मौद्रिक अर्थशास्त्रमा विद्यावारिधि गरेका खतिवडाले सन् १९९१ मा दिल्ली स्कुल अफ इकोनोमिक्सबाट विद्यावारिधि गरेका हुन् । उनी सन् २००९ मै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भइसका थिए भने राष्ट्र बैंकको गभर्नरसमेत भएका थिए । यता उनी गभर्नर भएकै बेला एनसेलको लाभांस लैजान रोक लगाइएको थियो । 
यता अर्थमन्त्री डा. खतिवडा भएपछी नेप्सेमा भने उछाल आउने विश्लेषण गरिएको छ । खतिवडा अर्थमन्त्री भएको खण्डमा नेप्सेमा पहिरो नै जान्छ भन्ने एकाथरीले प्रचार गरिरहेका बेला उनले भने नेप्सेलाई माथि लैजाने प्लान सहित अगाडी बढ्ने रणनीति बनाइसकेको बुझिएको छ । यहि कारण उनले आफ्नो कार्यनीतिअनुरुप अगाडी काम गर्दै जाँदा करिव डेढ महिनापछी नेप्सेमा उछाल आउने विश्लेषण गरिएको छ ।
डेढमहिनासम्म उनका केहि कामहरु पनि देखिन्छन् भने उनीविरुद्ध लाग्नेहरु पनि पाखा लाग्ने अनुमान गरिएको छ । खतिवडा आएकै कारणले नेप्से तल आउँछ भन्ने गलत सावित हुँदै जाँदा उनको भिजनले काम गर्ने र सोहि अनुरुप बजारमाथि जाने विश्लेषकहरुको भनाइ छ ।
डा. खतिवडालाई अर्थ सरोकार डटकमका तर्फबाट पनि हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।      
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी