×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आङकाजीले भने,’मुख्यमन्त्री राईकै अगाडी गाई काटेर मःम र सुकुटी बनाउँछौं’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आङकाजीले भने,’मुख्यमन्त्री राईकै अगाडी गाई काटेर मःम र सुकुटी बनाउँछौं’

१२ चैत्र २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – आदिवासी जनजाती अगुवा आङकाजी शेर्पाले मुख्यमन्त्रीकै अगाडि गाई काटेर साकेला सीली (उभौली) पर्व मनाउने घोषणा गरेका छन् । आदिवासी जनजाति महासंघका पुर्वमहासचिव समेत रहेका शेर्पाले किरातीहरुको महान् उभौलीको प्रमुख अतिथि प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई बनाउने र त्यही कार्यक्रममा गाईलाई काट्ने घोषणा गरेका हुन् ।
फोरम नेता शेर्पाले तीन नम्बर प्रदेशको प्रदेश उपसभामुख राधिका तामाङ्गले आदिवासी मंगोलियनहरुको परम्परागत धर्म संस्कृती र मुल्य मान्यतामा रहेको गाई गोरु काटेर खाने प्रचलनलाई राज्यले कुण्ठित पार्न नहुने बताएका छन् । उनले तामाङको मिडिया र सामाजिक संजालमा भइरहेको आलोचनालाई गलत भनेका छन् ।
धर्मनिरपेक्ष नेपालमा संस्कृतिलाई पुन जीवित गराउने हाम्रो अभियान भन्दै नेता शेर्पाले साकेला सीलीमा गृहमन्त्रि रामबहादुर थापा बादल, प्रदेश ३ को उपसभामुख राधिका तामाङ्गको बिशेष आतिथ्यमा सो कार्यक्रम आयोजना गर्ने बताएका छन् ।
“किराँत समुदायको साँस्कृतिक पितृ पुजा अर्थात घर पुजा गर्दा गाई गोरुको टाउको राखेर पुज्नु पर्ने अनिवार्य रिति छ । तर राज्यले गाई–गोरु काटेमा जेल हाल्ने कानुन बनाएर संस्कृतिक अतिक्रमण गरेको छ । पितृहरूको सम्मानमा गोरू चढाउनु पर्छ । यस महोत्सवमा सबैलाई गोरूको सुकुटी र मःम खुवाउनु पर्छ ।” उनले अाफ्नो परम्पराअनुसार गाई-गोरुको सुकुटी र मःम बनाउने समेत बताए ।
राज्यले हिन्दु धर्म र दर्शनलाई नै आधार मानेर मंगोलियनहरुको धर्म संस्कुतिमाथि प्रहार गर्दै गाईलाई नै राष्ट्रिय जनावर घोषणा गरेको समेत आदिवासी जनजातिहरुको आरोप छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी