
- भारतीय समाचार एजेन्सी
बलिउड फिल्मका महानायक अमिताभ बच्चन र उनकी पत्नी जया बच्चाको खाता लन्डन, फ्रान्स, दुबई र पेरिससहित देश विदेशका १९ बैंकमा छ भने यसमध्ये ४ बैंकको खाता जया बच्चनको रहेको छ, जसमा ६.८४ करोड रुपैया जम्मा भएको छ । जयाको केवल एक खाता देशभन्दा बाहिर एचएसबीसी बैंक दुबईमा छ, जसमा ६.५९ करोड रुपैया पैसा रहेको छ ।
अमिताभ बच्चानको १५ बैंक खातामा ४७.४७ करोड रुपैयाभन्दा बढीको एएफडी र पैसा रहेको छ। अमिताभको पैसा मुम्बई र दिल्लीको बैंक बाहेक बैंक अफ इन्डियाको पेरिस शाखा, बैंक अफ इन्डियाको लन्डन शाखा र बीएनपी फ्रांसमा छ। यस कुराको खुलासा जया बच्चनले शुक्रबार राज्यसभाको नामांकन पत्रको साथ दाखिल आफ्नो शपथ पत्रमा गरेकी हुन्।
१०.०१ अरब रुपैया सम्पति: जया बच्चनद्वारा दाखिल शपथ पत्रको अनुसार उनको र अमिताभ बच्चनको साथमा कुल १०.०१ अरबभन्दा बढीको चल-अचल सम्पति छ। यसमा जयाको नाममा १.९८ अरब र अमिताभको नाममा ८.०३ अरब रुपैया बराबरको सम्पति छ। नामांकनको समयमा अमिताभसँग १,३२,२५७ रुपैया नगद र जयासंग २,३३,९७३ रुपिया नगद थियो।
गहना: जयासंग २६.१० करोड र अमिताभसंग ३६.३१ करोडको बहुमुल्य गहना रहेको छ । त्यस्तै जयासँग ६७, ७९,३१, ५४६ रुपैया र अमिताभसंग १,७१,०४,३५,०२० रुपैयाको चल सम्पति भएको उल्लेख गरिएको छ। शपथ पत्रमा जयाको नाममा १.३० अरबको र अमिताभको नाममा ३.३२ अरब रुपैयाको अचल सम्पति भएको उल्लेख गरिएको छ। यसमा लखनउ, बाराबंकी, भोपाल, नोएडा, अहमदाबाद, पुणे, गांधीनगर, जूहू (मुम्बई) को जमिन पनि समावेश छ। धनि मान्छेसंग धेरै सम्पतिको साथै धेरै ऋण पनि हुने गर्दछ भनेझै जयामाथि ८७,३४,६२,०८५ रुपैयाको र अमिताभमाथि १८,२८,२०,९५१ रुपैयाको ऋण छ।
सवारीसाधन : बच्चन परिवारको साथ तिन मर्सेडीज कार सहित १२ सवारीसाधन रहेको छ। जय बच्चनको नाममा ४ ओटा सवारीसाधनमा मर्सेडीज, टोयोटा क्वालिस, पोर्श कैमेन र महिन्द्रा स्कार्पियो छ। अमिताभको स्कार्पियो, टाटा नानो र एक ट्याक्टर रहेको छ। बच्चन परिवारमा अरु ५ महँगो गाडी पनि रहेको छ।
अमिताभसँग ४.४० करोडको र जयासँग ३०.२७ लाख बराबरको पेन्टीङ रहेको छ। अमिताभसँग ९ लाख रुपैयाको कलम छ, जबकी जयासंग १.४९ लाखको मोबाइल छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्