
- सुरज प्याकुरेल / अर्थ सरोकार डटकम
नेपाल चार्टड एकाउन्टेन्ट्स संघमा गज्जबको टिम आएको छ । बिगत २ कार्यकालदेखि खारिएका सिए आनन्द शर्मा वाग्ले अध्यक्ष, सिए क्षेत्रमै निकै राम्रो इमेज बनाएका दीपक पाण्डे उपाध्यक्ष, प्राक्टिसको प्रतिनिधित्व गर्ने सिए अरुण राउत महासचिव, कोषको भित्री मर्म बुझेका सिए राजु ढकाल कोषाध्यक्ष बनेका छन् । त्यतिमात्र होइन कार्यकारी समितिको सदस्यपनि गज्जबको चयन भएको छ ।
बैंकिलाई प्रतिनिधित्व गर्ने सन्दीप बाबु पौडेल, रेमिट्यान्सलाई प्रतिनिधित्व गर्ने ऋषि पौडेल, नेपाल बोर्डको मर्का बुझेका अमृत गिरी, कर्पोरेट क्षेत्रकी संगीता कंडेरिया, सरकारी बैंकिङ अनुभव भएका रुद्रनाथ पोख्रेल र प्राक्टिसको समस्या बुझेका सुवाष पौडेल एकै ठाउँमा छन् । यो कार्यकारीसमिति गज्जबको टिम हो । अव यो समितिले पनि भोटरलाई न्याय गर्न सकेन भने एक्यान कुनै बेला एक सिएले फेसबुकमा लेखेजस्तो ‘कुन एक्यान ?’ हुन्छ भन्ने कुरामा दुइमत छैन !
गत कार्यकाल साक्षी छ, राम्रो भनीएका व्यक्ति नेतृत्वमा पुगे तर के के ले कुत्कुत्यायो कुन्नि, उनी राजा बन्न खोजे । निरङ्कुश शैलीमा काम गरे । गफ हानेरै कार्यकाल सक्काए । चिट्ठामा जितेकाहरु अव बजारमा इमेज सुधार्न अर्को चिट्ठा पर्नुपर्ने स्थितिमा पुगे । बोलेको कुरा खास केहि गर्न सकेनन् । गरेका केहि राम्रा कुरा बाहिर ल्याउन सकेनन्, वा आवश्यक ठानेनन् । व्यक्तिगत रिसइवीमा लाग्यो, भित्रभित्रै विद्रोह भयो । अवको कार्यकाल त्यस्तो नहोस् !
एक्यान भनेको प्राक्टिसमा बसेकाहरुको मात्र गुनासो सुन्छ भन्ने गुनासो पहिलेदेखिकै हो । अव त सदीपबाबु पौडेलहरु जिम्मेवार हुनुपर्छ । ऋषि पौडेलको काँधमा फरक जिम्मेवारी छ । अमृत गिरीलाई विद्यार्थीमाझ जस्तै सिएमाझ पनि लोकप्रिय भएर देखाउने चुनौती छ । संगीता कंडेरियालाई आफ्नो भोट ‘सेन्टिमेन्टवाला भोट’ मात्र थिएन भन्ने प्रमाणित गर्नुछ ।
आनन्द शर्मालाई हराउन को को कसरीसम्म लागे भन्ने कुरा उनलाईभन्दा बढी कसलाई थाहा छ होला र ? यहिबीच उनले बाँडेका सपनाहरु पनि कम चुनौतीपूर्ण पक्कै छैनन् । एक्यानको अध्यक्ष भन्नेबितिकै गफमात्र हान्ने पद हो भन्ने जुन भ्रम गएको २ बर्षमा बजारमा पर्यो, त्यसलाई चिर्न वाग्लेले सक्नुपर्छ । नत्र त जुन जोगी आएपनि कानै चिरेको भन्ने उखान चरितार्थ भयो भने समग्र एक्यानको इमेज बिग्रनेछ ।
दीपक पाण्डेको काँधमा झन् ठुलो जिम्मेवारी छ । गत बर्ष सन्तोष लम्सालले काम गर्न सकेनन् भनेर यसपाली अरु कोहि उठेको भएपनि उनको जीत निश्चितजस्तो थियो । उनले काम गरेको हेर्ने रहर छ सिएहरुलाई । यसो त अर्कोपटक स्वाभाविक अध्यक्षको उम्मेद्वारीका लागि अहिलेदेखि नै उनले न्यायोजित काम गर्न आवश्यक छ ।
चुनावका बेला सबैले बाँडेका सपनाहरु सिएहरुको दिमागबाट कहिले पनि हट्ने छैन । तर जितेपछी कसैले पनि ‘बाल’ दिंदैनन् भन्ने सिएहरुको गुनासो नेतृत्वले बुझेकै होला । यसपाली त्यस्तो नहोस् । हरि सिलवालको कार्यकालजस्तो काम गरेजस्तो तर के नपुगे नपुगे जस्तो, खल्लो तरकारीजस्तो कार्यकाल नहोस् ! शुभकामना सहित पूरै टिमलाई अनुरोध, ”भोटरहरुलाई घात नगर्नू, जनादेशलाई लात नमार्नू’ !
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्