
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – तारागाउँ रिजेन्सी होटलको वार्षिक साधारण सभा सोमबार बिहान ११ बजे सुरु भएको छ । त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा बस्ने सभामा होटलले ७.३६८% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । सभा गर्न यस होटलले फागुन १८ गतेदेखि नै बुक क्लोज गरेको छ । यसआधारमा, फागुन १७ गतेसम्म कायम सेयरधनीले मात्र यो लाभांश पाउनेछन् ।
तारागाउँले सञ्चालकहरुको बैठक भत्ता ५ हजार ८८२ रुपैयाँबाट बढाएर ११ हजार ७६४ रुपैयाँ पुर्याउने प्रस्ताव पनि सभामा लैजानेछ । हाल यस होटलको चुक्ता पुँजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रुपैयाँ छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा होटलले १५ करोड ५३ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ८ रुपैयाँ २३ पैसा र प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ २७ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्