×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आरम्भ माइक्रोफाइनान्सको आइपीओ भर्ने केहि दिन बाकी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

आरम्भ माइक्रोफाइनान्सको आइपीओ भर्ने केहि दिन बाकी

Artha Sarokar

१८ फाल्गुन २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको आइपीओ भर्ने केहि दिन मात्र बाकी रहेको छ । कम्पनीको सोमबार (फागुन २१ गते) सम्म मात्र आइपिओभर्ने अन्तिम दिन हो । सोमबार कार्यालय समयसम्म मात्र यो आइपीओमा ओवेदन दिन सकिनेछ । आरम्भले फागुन १५ गतेदेखि १०० रुपैयाँ दरको २ लाख ९४ हजार कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ८ हजार ८२० कित्ता (३%) सेयर कर्मचारी र १४ हजार ७०० कित्ता (५%) म्युचुअल फन्डलाई छुट्याएर बाँकी २ लाख ७० हजार ४८० कित्ता सर्वसाधारणलाई बिक्री खुला गरिएको हो ।
लगानीकर्ताले आस्वा सदस्य सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजीको ४९% आइपीओ बिक्री गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गरेको छ । आइपीओ बिक्रीपछि आरम्भको चुक्ता पुँजी ६ करोड रुपैयाँ पुग्नेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी