Skip to content
LAXMI SUNRISE BANK

राष्ट्रियसभामा मनोनित तीन जना सांसदको शपथ ग्रहण आज हुँदै

अर्थ सरोकार

काठमाडौँ  – राष्ट्रियसभामा मनोनित तीन सांसदको शपथग्रहण आज हुने भएको छ । संसद सचिवालयले शुक्रबार दिउँसो दुई बजे उनीहरुको शपथको कार्यक्रम राखेको संसद सचिवालयले जनाएको छ ।
अर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडा, रामनारायण विडारी र विमला पौडेलले शपथ लिन लागेका हुन् ।तीनजनाको शपथ ग्रहरण रोक्न सर्वोच्च अदालतले दिएको अन्तरकालिन आदेश खारेज गरेपछि उनीहरुको शपथको बाटो खुलेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफरिसमा परेका तीनजनाले केपी ओली नेतृत्वको सरकारले राष्ट्रियसभामा गरेको सिफारिस बदर गर्न माग गर्दै उनीहरु अदालत पुगेका थिए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK