×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एसियन लाइफको हकप्रद भर्न केहि दिन मात्र बाँकी, यी ठाउँबाट फारम भर्न पाइने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

एसियन लाइफको हकप्रद भर्न केहि दिन मात्र बाँकी, यी ठाउँबाट फारम भर्न पाइने

Artha Sarokar

१५ चैत्र २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – एसियन लाइफ इन्सुरेन्सको ५०% हकप्रद भर्न अब ३ कार्यदिन मात्र बाँकी रहेको छ । चैत १८ गते कार्यलय समयसम्म मात्र यो हकप्रदमा आवेदन दिन सकिनेछ । एसियनले फागुन १३ गतेदेखि २ः१ अनुपातमा ४० लाख २७ हजार ९६६.२० कित्ता सेयर बिक्री खुला गरेको हो । माघ ७ गतेसम्म कायम रहेका सेयरधनीले मात्र यो हकप्रद भर्न पाउने छन् ।  हाल एसियन लाइफको चुक्ता पुँजी ८० करोड ५५ लाख ९३ हजार रुपैयाँ मात्र रहेको छ । हकप्रद सेयर बिक्रीपछि भने कम्पनीको चुक्ता पुँजी १ अर्ब २० करोड ८३ लाख ८९ हजार रुपैयाँ पुग्नेछ ।
बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स लाजिम्पाट, काठमाडौं तथा यसका शाखा कार्यालयहरु लगनखेल ललितपुर र पोखरा चिप्लेढुंगाबाट पनि भर्न सकिने व्यवस्था छ । त्यसैगरी, एसियन लाइफ इन्सुरेन्सको मुख्य कार्यालय मैतीदेवी काठमाडौंसहित अधिकांश शाखा कार्यालय र धितोपत्र बोर्डबाट इजाजत प्राप्त आस्वा सेवामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी