×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुँडुलेमा ६ करोडको लागतमा मन्दिर निर्माण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

कुँडुलेमा ६ करोडको लागतमा मन्दिर निर्माण

Artha Sarokar

२० फाल्गुन २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बागलुङ – बागलुङ नगरपालिका–४ कुँडुलेमा रु ६ करोडको लागतमा श्रीरंगवेंकटेश मुक्तीनारायण मन्दिरको निर्माण अन्तिम चरणमा पुगेको छ । यो मन्दिरको ८५ प्रतिशत काम पूरा भएको जनाइएको छ ।
विसं २०४२ मा निर्मित मन्दिर जीर्ण बनेपछि नयाँ बनाउन लागिएको हो । मन्दिर निर्माणमा विभिन्न क्षेत्रबाट दाताको सहयोग जुटेको निर्माण समितिले जनाएको छ ।
अखण्डज्योति बाबा स्वामी श्रीजी च्यारिटेबल ट्रस्टले शुरुमा रु एक करोड उपलब्ध गराएको समितिका कोषाध्यक्ष हरिप्रसाद उपाध्यायले बताए । प्यागोडा शैलीको मन्दिरमा श्रीराम अङ्कित कालीगण्डकी नदीका शिला (ढुङ्गा) र सालको काठ प्रयोग गरिएको छ ।
उदयपुरबाट झिकाइएको सालको काठमा आकर्षक कला कुँदेर मन्दिरका टुँडाल, झ्याल, ढोका बनाइएको छ । मन्दिर निर्माणको काम भक्तपुरबाट आएका दक्ष कालीगढले गरेका हुन् । महिनौँ दिन लगाएर कालीगढले सालको काठमा देवीदेवताका आकृति कुँदेका थिए ।
प्राचीन नेपाली कला र शैली झल्कने गरी मन्दिरको निर्माण गरिएको मन्दिरका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यले बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी