
डडेल्धुरा – डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकामा रहेका राउटे बालबालिकाले बालबचत गर्न शुरु गरेका छन् । केही समय अगाडि आमाबुबासंगै जंगली खाद्यवस्तु र जंगली जनावरको शिकार गर्दै आएका राउटेका बालबालिका बालबचततर्फ आकर्षित भएका हुन् ।
राउटेहरुको आर्थिक विकासका लागि नेपाल सरकारले दिने प्रतिव्यक्ति रु दुई हजार सामाजिक सुरक्षा भत्तामध्ये केही रुपैया यहाँ स्थित सबै भन्दा ठूलो ‘शीर्ष साना शहकारी’ मा यहाँका ३६ राउटे बालबालिकाले महिनापिच्छे पैसा जम्मा गर्न थालेका सहकारीका अध्यक्ष हर्कमती कार्कीले जानकारी दिए ।
यहाँका राहुटेका घरको पूरै सदस्यले जन्मेदेखि बाचुञ्जेलसम्म सामाजिक सुरक्षाबापत मासिक रु दुई हजार प्राप्त गर्दै आएको नगरपालिकाले जनाएको छ । लोपोन्मुख जातीको व्यवस्था र भविष्य सुधारका लागि नगरपालिकाले पनि योजना ल्याउनु परेको नगरप्रमुख भीमबहादुर साउदले बताए ।
वडा कार्यालयसँगको समन्वयमा शहकारी संस्थाले आफै रकम बाँड्ने व्यवस्था मिलाएर अनिवार्य बालबालिकाको रकम बचत गर्न पहल गरेका छन् । अहिले त्यहाँ रहेका ३६ बालबालिकाले सहकारीमा खातखोली बाल बचत शुरु गरेको अध्यक्ष कार्कीले जानकारीदिए । विगत ६ महिनादेखि शुरु गरेको बालबचतमा राउटे बालबालिकाले सबै भन्दा बढी रु २० हजार र सबै भन्दा कम रु ६ हजार जम्मा भइसकेको छ ।
बालबचत गर्न थालेपछि राउटे बालबालिका पनि दंग भएको राउटे विकास समाज संस्थाका संयोजक दानसिंह राउटेले जानकारी दिएका छन् । सामाजिक सुरक्षा भत्ताबाफत पाउने रकमका साथै अहिले विभिन्न विकास निर्माणका योजनामा दैनिक ज्यालादारीमा समेत संलग्न हुन थालेको राउटे विकासका संयोजक दानसिंहले जानकारी दिए ।
शीर्षका राउटेले बचत शुरु गरे पनि जोगबुढाका ४१ राउटे परिवार भने अझै व्यावसायिक हुन बाँकी रहेको हर्कसिहं राउटेले बताए । पुरानो बानी हटिनसकेकाले बालबालिकाको भविष्यको बारेमा ख्याल नगरेको उनीहरुको भनाइ छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्