×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माछापुच्छ्रे बैंकद्वारा खाद्य तथा पोषाक वितरण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

माछापुच्छ्रे बैंकद्वारा खाद्य तथा पोषाक वितरण

Artha Sarokar

१५ चैत्र २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा निङ्गला शैनी गुरुकुल संस्कृत विद्यापिठका विद्यार्थीलाई पोसाक तथा खाद्य सामग्री वितरण गरेको छ ।
बैंकले चैत १४ गते एक कार्यक्रमकाबीच निङ्गला शैनी गुरुकुल संस्कृत विद्यापिठ धनगढी–१३, कैलालीमा खाद्य तथा पोषाक वितरण गरेको छ । निङ्गलाशैनी गुरुकुल संस्कृत विद्या पिठका आर्थिक अवस्था कमजोर भएका २७ विद्यार्थीहरुलाई माछापुच्छ्रे बैंक लिमिटेड–धनगढी शाखाले कुर्ता, धोती र टि–सर्टका साथै कापी, चकटी, चामल, तेल, चिनी तथा फलफूलसमेत हस्तान्तरण गरेको जनाएको छ ।
बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १४ शाखा रहित बैंकिङ सेवा समेत गरी जम्मा ८० स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छ ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी