×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बेष्ट फाइनान्सको फेरि आयो सेयर लिलामीमा, कस-कसले पाइन्छ भर्न ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बेष्ट फाइनान्सको फेरि आयो सेयर लिलामीमा, कस-कसले पाइन्छ भर्न ?

Artha Sarokar

२ चैत्र २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – चैत १२ गतेदेखि बेष्ट फाइनान्सले फेरि १ लाख ८ हजार १४१ कित्ता सेयर लिलामीमा खुल्ला गरेको छ । कम्पनीले संस्थापक समूहको १ लाख ६ हजार ९४० कित्ता र सर्वसासाधारण समूहको १ हजार २०१ कित्ता सेयर लिलामीमा बिक्री खुला गर्न लागेको हो । कम्पनीले चैत १८ गतेसम्म न्यूनतम १०० रुपैयाँलाई आधार विन्दुमा मानेर त्यसभन्दा माथि भाउ तोकी निवेदन दिनुपर्नेछ । उक्त सेयर सर्बसाधरणले पनि भर्न पाइनेछ । 
यो लिलामीमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड, राष्ट्रिय नाचघर जमल काठमाडौंबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, ग्लोबल आइएमई बैंकको वीरगञ्ज, विराटनगर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा कार्यालयबाट पनि भर्न सकिनेछ । 
हाल कम्पनीको चुक्ता पुँजी २८ करोड ६६ लाख ९९ हजार रुपैयाँ रहेको छ । लिलामीपछि भने बेष्टको चुक्ता पुँजी ३८ करोड ५४ लाख ८० हजार रुपैयाँ पुग्नेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी