×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अरुको सम्पत्तिमाथि धावा बोलेपछि भुवन केसीमाथि पुलिस केस ! करोडौं क्षतिपूर्ति तिर्नुपर्ने भएपछि केसीलाई फसाद !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

अरुको सम्पत्तिमाथि धावा बोलेपछि भुवन केसीमाथि पुलिस केस ! करोडौं क्षतिपूर्ति तिर्नुपर्ने भएपछि केसीलाई फसाद !

Artha Sarokar

२३ फाल्गुन २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ- नेपाली चलचित्रका नायक भुवन केसीमाथि चोरीको आरोपमा प्रहरीमा मुद्धा परेको छ ।केसीले‘कृ’ फिल्मको ‘उकालीमा पछि–पछि, ओरालीमा अघि–अघि’ बोलको गीतमा चोरी गरेपछि उनी विरुद्ध मुद्धा परेको हो । ३३ वर्षअगाडि सयपत्री मुभिज्ले शम्भु प्रधानको निर्देशनमा निर्माण गरेको फिल्म सम्झनाको यो गीतमा उतिबेला भुवन केसी र तृप्ती नाडकर देखिएका थिए । त्यही गीत अहिले नयाँ फिल्म ‘कृ’ मा हालिएको छ, जसमा भुवनका छोरा अनमोल र नायिका अदिती बुढाथोकीहरु छन् । उजुरकर्ता उनै चलचित्र निर्देशक शम्भु प्रधान हुन् ।
आफ्नो स्वामीत्वमा रहेको उक्त गीत प्रयोग गरेबापत शम्भु प्रधानले कूल आम्दानीको ५० प्रतिशत रकम क्षतिपूर्तिस्वरुप दावी गरेका छन् ।  सोसम्बन्धी ऐन, २०५९ को दफा २५ (१) (क) र (ख) बमोजिमको कसुर गरेका छन्, भुवन केसी र सुवाष गिरीले । मुद्धाको फाइल टेकुस्थित प्रहरी परिसरका डिएसपी मोहन थापाको टेबुलमा छ । दावीबमोजिम क्षतिपूर्ति दिँदा पनि एक करोडभन्दा बढी तिर्नुपर्छ । तर, केही दिनअघि ‘कृ’ पक्षका कानुन व्यवसायी र प्रहरीले शम्भुलाई ‘दुई–तीन लाख रुपैयाँ लिनुस्, चूप लागेर बस्नुस्’ भनेका छन् । तर शम्भु केहि लाख लिएर यो मुद्धा टुंग्याउने पक्षमा छैनन् !

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी