
निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेसँगै गठबन्धनले वर्तमान राष्ट्रपति भण्डारीलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी गरेको हो।
फागुन २९ मा राष्ट्रपति निर्वाचन हुने कार्यक्रम छ। संघीय संसद् र प्रदेश संसद्का सांसदहरू राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका मतदाता भएकाले गठबन्धनसँग स्पष्ट बहुमत छ। गठबन्धनका एमाले र माओवादी केन्द्रबीच राष्ट्रपति एमाले र उपराष्ट्रपति माओवादी केन्द्रले नै लिने अनौपचारिक सहमति भइसकेको बताइएको छ।एमाले वरिष्ठ नेता झलनाथ खनाल र माओवादी केन्द्रका नेता अमिक शेरचनले राष्ट्रपतिका लागि इच्छा देखाएका थिए ।
माओवादी केन्द्रका नेता शेरचनले पनि राष्ट्रपतिमा दाबी गरे पनि एमाले अध्यक्ष ओलीले भण्डारीलाई नै दोहोर्याउने संकेत दिएपछि शेरचनले उपराष्ट्रपतिमा इच्छा व्यक्त गरेका छन्। तर, माओवादी केन्द्रले उपराष्ट्रपतिमा पनि बहालवाला नन्दबहादुर पुनलाई नै दोहोर्याउने तयारी भइरहेको जनाइएको छ ।
एमाले र माओवादी केन्द्रबीच पार्टी एकतामा सहमति भएलगत्तै बहालवाला राष्ट्रपति र उपराष्ट्रपतिले दोहोरिने ‘लबिङ’ गरेका थिए। सामान्यतः राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल ५ वर्षको हुने र आफूहरूको कार्यकाल २ वर्ष मात्र पुगेको भन्दै उनीहरूले दोहोरिन ‘लबिङ’ गरेका थिए।
नयाँ संविधान जारी भएपछि राष्ट्रपतिमा भण्डारी र उपराष्ट्रपतिमा पुन निर्वाचित भएका थिए। राष्ट्रपति र उपराष्ट्रपति नयाँ बनाउँदा पुरानालाई पनि सुविधा दिनुपर्ने भएकाले बहालवालालाई नै पुनः निर्वाचित गर्ने पक्षमा गठबन्धनका नेताहरू उभिएको एमाले उच्च स्रोतले जानकारी दियो। अन्नपूर्ण पोस्टमा खबर छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्