
काठमाडौं – खानेपानी तथा सरसफाइमन्त्री विना मगरले पहिलो दिनमा नै छड्के जाँच गएका छन् । आइतबार १० बजे मन्त्रालयमा छड्के जाँच गर्दा खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरसहित एक दर्जनभन्दा बढी कर्मचारी अनुपस्थित रहेका थिए ।
मन्त्री मन्त्रालय पुग्दा सचिव ठाकुर, सहसचिव अनिल खनाल, ज्योतिकुमार श्रेष्ठसहित एक दर्जनभन्दा बढी कर्मचारी अनुपस्थित भएको मन्त्रालय स्रोतले बतायो। ‘पहिलो दिनमै सचिव, सहसचिवसहित दर्जनभन्दा बढी कर्मचारी अनुपस्थित हुनु राम्रो होइन,’ मन्त्रीको भनाइ उद्दृत गर्दै एक कर्मचारीले भने, ‘भोलिदेखि कार्यालय समयमा उपस्थित नहुने र तोकिएको काम नगर्ने कर्मचारीमाथि कारबाही अघि बढ्छ।’ उनले अनुपस्थित हुने कर्मचारीको नाम टिपेर लगेकी छन्।
मन्त्रालयका प्रवक्ता शंकर सुवेदीले भने मन्त्रीले छड्के गरेको सम्बन्धमा आपूmलाई कुनै जानकारी नभएको बताए। ‘खै मन्त्रीले छड्के गरेको भन्ने त मैले थाहै पाइनँ,’ सहसचिव सुवेदीले नागरिकसँग भने।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्