×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मध्यराति नेकपा केन्द्रीय सदस्यसहित ३ जिल्लाका इन्चार्ज-सेक्रेटरी एकैसाथ गिरफ्तार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मध्यराति नेकपा केन्द्रीय सदस्यसहित ३ जिल्लाका इन्चार्ज-सेक्रेटरी एकैसाथ गिरफ्तार

६ चैत्र २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका एक केन्द्रीय सदस्यसहित ६ जना नेता कार्यकर्ताहरुलाई प्रहरीले गिरफ्तार गरेको छ ।
नेकपाले सञ्चारकेन्द्रलाई दिएको जानकारी अनुसार केन्द्रीय सदस्य तथा कोशी ब्यूरो इन्चार्जसहित संखुवासभा, धनकुटा र तेह्रथुम जिल्लाका इन्चार्ज सेक्रेटरीलाई प्रहरीले एकै ठाउँबाट गिरफ्तार गरेको छ ।
सोमबार साँझ धनकुटाको हिलेबाट उनीहरुलाई गिरफ्तार गरेको नेकपाका पोलिट्ब्यूरो सदस्य पदम राईले जानकारी दिएका छन् । राईका अनुसार कोशी ब्यूरो इन्चार्ज निशान राई, ब्यूरो सदस्य सागर लिम्बु, संखुवासभा इन्चार्ज समुल, सेक्रेटरी दिव्य बराल, धनकुटा इन्चार्ज अाकाश, सेक्रेटरी नवराज भट्टराईलाई प्रहरीले गिरफ्तार गरेको छ ।
त्यसैगरी तेह्रथुम जिल्ला सेक्रेटरी कमला लिम्बुलाई पार्टीको कामको सिलसिलामा राति १० बजेतिर गिरफ्तार गरेको हो । सामान्य भेटघाटको क्रममा रहेका नेताहरुलाई एकै ठाउँबाट गरिएको गिरफ्तारी र प्रशासनको धरपकडप्रति अापत्ति जनाउँदै नेता राईले प्रहरीसँग गिरफ्तार नेता कार्यकर्ता रिहाइको गरेका छन् ।
काभ्रेको अनेकोट हत्याकाण्डको स्मृतिमा साँस्कृतिक प्रतिरोध दिवशको कार्यक्रम सम्पन्न गरी फर्केर सामान्य छलफल पछि बेलुकाको खाना खाँदै गरेको अवस्थामा उनीहरुलाई विना कारण गिरफ्तार गरेको नेकपाले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी