Skip to content
LAXMI SUNRISE BANK

प्रहरी चौकी अगाडी गोली चल्यो, एक युवक गम्भीर घाइते, अन्य विवरण यस्तो छ

अर्थ सरोकार

बीरगंज- वीरगन्जमा गोली चलेको खबर छ । अज्ञात हतियारधारीले बुधबार चलाएको गोली लागी वीरगन्जमा एक युवक गम्भीर घाइते भएका हुन् । 
अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार जिल्ला प्रहरी कार्यालय भन्दा ५० मिटर पश्चिममा रहेको रातोबंगलाअगाडि राति ९ः३० बजेको समयमा हतियारधारीले प्रहार गरेको गोली लागी वीरगन्ज महानगपालिका–१३ रानीघाट निवासी ३२ वर्षीय उमेशप्रसाद चौरसिया गम्भीर घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय अगाडि भएको गोली प्रहारको घटनाले वीरगन्जवासीलाई त्रसित बनाएको छ ।चौरसियामाथि गोली प्रहार गर्नेकोे खोजी भइरहेको प्रहरीले जनाएको छ । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK