×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बोक्सीकाण्ड’मा मिलापत्र गराउने मेयर ममताप्रसाद चौधरीमाथि गोली प्रहार !

PRIME CA
GLOBAL IME BANK

‘बोक्सीकाण्ड’मा मिलापत्र गराउने मेयर ममताप्रसाद चौधरीमाथि गोली प्रहार !

२८ फाल्गुन २०७४, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

‘बोक्सीकाण्ड’ मा मुछिएका कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि गोली प्रहार भएको छ । गोली प्रहार कसले गर्यो भन्ने खुलेको छैन ।
प्रहरीले यसबारे कुनै जानकारी दिएको छैन । यद्यपी चौधरीको स्थानीय घोडाघोडी अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । तर स्थानीयले भने उनीमाथि गोलीप्रहार भएको बताएका छन् । घटना केहि समय अघि मात्र भएको बुझिएको छ । 

स्थानीयले दिएको जानकारी अनुसार एक समूहले उनीमाथि गोली र खुकुरीसमेत बर्षाएको थियो । सोही नगरपालिका निवासी रोमा चौधरीलाई बोक्सीको अारोपमा ६ घण्टासम्म यातना दिँदा समेत रमिते बनेको अारोप लागेको थियो । सोमबार ८ः३० तिर मेयर चौधरीमाथि गोली प्रहारी भएको बताइएको छ । मोटरसाइकलमा आएको अज्ञात समूहले गोली प्रहार गरेको हो ।
घटनाको थप विवरण आउन बाँकी छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: