Skip to content
LAXMI SUNRISE BANK

सनराइज बैंकका कर्मचारी पुरुषोतम सेडाईको रहस्यमय हत्या ! ३ जना पक्राउ

अर्थ सरोकार

  • मजोज आत्मीय / अर्थ सरोकार डटकम 
काठमाडौँ- सनराइज बैंक लिमिटेडमा काम गर्ने कर्मचारीको हत्या भएको छ । बैंकमा डाटा इन्ट्रीको काम गर्ने २३ बर्षीय पुरुषोतम सेडाईको हत्या भएको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ । 
 उनको हत्याको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ समेत गरेको छ । पक्राउ पर्नेमा रोहित चौधरी, अशोक लिम्बु र गोपाल लिम्बु छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हत्याको कारण आपसी टकराव भएको  हुन सक्ने अनुमान गरिएको छ । हत्या भएका सेडाई बिगत केहि समय यता सनराइज बैकमा कार्यरत थिए भने व्यवस्थापन शिक्षा पढीरहेका थिए ।  

यता बैंकले भने हत्या भएका सेडाई आफ्नो कर्मचारी नभएको बताएको छ ।

मृतक सेढाईका मामा श्याम हुमागाईका अनुसार उनी २ वर्षदेखी सनराइज बैंकमा ‘डाटा इन्ट्री’ को काम गरिरहेको जानकारी दिएका छन् ।

“भैरहवा जाने भएपछि भान्जाले आफ्ना केही साथीलाई कोठामै बोलाएर खानपिन गराइरहेका थिए, छुट्टिने बेलामा नजिकै बस्ने मजदुरहरुसँग के भयो,उनीहरुले छुरा हानेर हत्या गरेछन्,” मृतकका मामा श्यामले भने ।

यो पनि पढ्नुहोस् 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK