
- मजोज आत्मीय / अर्थ सरोकार डटकम
काठमाडौँ- सनराइज बैंक लिमिटेडमा काम गर्ने कर्मचारीको हत्या भएको छ । बैंकमा डाटा इन्ट्रीको काम गर्ने २३ बर्षीय पुरुषोतम सेडाईको हत्या भएको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।
उनको हत्याको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ समेत गरेको छ । पक्राउ पर्नेमा रोहित चौधरी, अशोक लिम्बु र गोपाल लिम्बु छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
हत्याको कारण आपसी टकराव भएको हुन सक्ने अनुमान गरिएको छ । हत्या भएका सेडाई बिगत केहि समय यता सनराइज बैकमा कार्यरत थिए भने व्यवस्थापन शिक्षा पढीरहेका थिए ।
यता बैंकले भने हत्या भएका सेडाई आफ्नो कर्मचारी नभएको बताएको छ ।
मृतक सेढाईका मामा श्याम हुमागाईका अनुसार उनी २ वर्षदेखी सनराइज बैंकमा ‘डाटा इन्ट्री’ को काम गरिरहेको जानकारी दिएका छन् ।
“भैरहवा जाने भएपछि भान्जाले आफ्ना केही साथीलाई कोठामै बोलाएर खानपिन गराइरहेका थिए, छुट्टिने बेलामा नजिकै बस्ने मजदुरहरुसँग के भयो,उनीहरुले छुरा हानेर हत्या गरेछन्,” मृतकका मामा श्यामले भने ।
यो पनि पढ्नुहोस्
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्