
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सेन्ट्रल फाइनान्सले ८.५% बोनस सेयर दिने भएको छ । फाइनान्सले हालै बिक्री गरेको ५०% हकप्रदपछि कायम ७८ करोड ९ लाख ९४ हजार २२२ रुपैयाँ चुक्ता पुँजीको ८.५% बोनस दिने निर्णय गरेको हो । कम्पनीले बोनस सेयरमा लाग्ने कर तिर्न ३४ लाख ९३ हजार ९२२ रुपैयाँ नगद लाभांश पनि दिने जनाएको छ ।
बोनस सेयर वितरणपछि सेन्ट्रलको चुक्ता पुँजी ८४ करोड ७३ लाख ७८ हजार ७३१ रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा फाइनान्सले २ करोड २६ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । सेन्ट्रलको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ३४ पैसा र प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ९१ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्