Skip to content
LAXMI SUNRISE BANK

सेञ्चुरी बैंकको सातौं वार्षिक साधारण सभा सम्पन्न

अर्थ सरोकार

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको सातौं वार्षिक साधारण सभा बैंकका अध्यक्ष श्री राजेश कुमार श्रेष्ठको अध्यक्षतामा बुधबार आर्मी अफिसर्स क्लब, भद्रकालीमा सम्पन्न भएको छ । साधारण सभाले शेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पूंजीको ५% बराबरको बोनस शेयर वितरण गर्ने र ५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यो बोनस शेयर जारी पश्चात् बैंकको चुक्ता पूंजी ८ अर्ब ६ करोड पुगेको छ । 
आ.व. २०७४/७५ को पुस मसान्त सम्म यस बैंकले कुल निक्षेप रु. ५२.१७ अर्व र कर्जा रकम रु. ४७.०२ अर्व परिचालन गरी रु. ३९.२७ करोड सञ्चालन मुनाफा र रु. ३२.५१ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकले काठमाडौं उपत्यकामा ११ शाखाहरु र ५ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ । 
अन्य जानकारीका लागी बैंकको वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरिन्छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK