×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

३ दशक बढी अनुभव भएका बैंकरले सम्हाल्ने भए सेञ्चुरीको कमान, तुलसीराम गौतम सीइओ पदमा नियुक्त !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- सेञ्चुरी कमर्सियल बैंकले नयाँ सीइओ पाएको छ । बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा तुलसीराम गौतम नियुक्त भएका छन् । बैंकको बोर्ड बैठकले आगामी बैशाख १९ गतेदेखि लागू हुने गरी उनलाई सीइओ पदमा नियुक्त गरेको हो । गौतमसँग ३६ बर्ष लामो बैंकिङ अनुभव छ । 
नेपाल बैंकमा १३ वर्ष, नेपाल इण्डोसुइज बैंकमा ७ वर्ष, नेपाल एस.बी.आई बैंकमा १० वर्ष र माछापुच्छ्रे बैंकमा ४ वर्षको अनुभव रहेका उनी माछापुच्छ्रे बैंकको सीइओ भएर काम गरेपछि २ बर्ष निष्क्रिय भएका थिए । गौतमले त्रिभुवन विश्व विद्यालयबाट मार्केटिङ्ग र वित्त विषयमा स्नातकोत्तर गरेका छन् । 
बैंकले काठमाडौं उपत्यकामा ११ शाखाहरु र ५ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ । यस अवस्थामा श्री गौतमको अनुभव तथा नेतृत्वमा सेञ्चुरी बैंकले नेपालको बैंकिङ्ग जगतमा विष्टिकृत पहिचान बनाउदै अगाडी बढ्ने छ भन्ने विश्वास लिईएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: