
- कमला भुषाल / अर्थ सरोकार डटकम
काठमाडौँ- पद्मा मिडिया ग्रुप अन्तर्गत सञ्चालित विजनेस प्लस टेलिभिजन र सिईओ क्लव नेपालको संयुक्त आयोजना तथा नेपाल सरकारका अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, वाण्ज्यि मन्त्रालय तथा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स एशोसियसन र नेपाल विमा समिति लगायतको सहकार्यमा यही मिति २०७४ साल फागुन ३० गते काठमाडौंको सोल्टी होटलमा ‘नेपाल सिईओ समिट तथा अवार्ड २०१८’ कार्यक्रम आयोजना हुने भएको छ ।

कार्यक्रमबारे जानकारी दिन आज आयोजित पत्रकारसम्मेलनमा कार्यक्रम बोल्दै उपस्थित वक्ताहरुले १७ देशका झण्डै ३०० जना सिइओ तथा विजनेश लिडरहरु सहभागि हुने हामीले अपेक्षा गरिएको बताएका छन् । बदलिंदो राजनीतिक परिस्थितिमा अब बन्ने सरकारका आर्थिक मुद्दाहरु के हुन्छ भन्ने समिटको पहिलो विषयमा खुल्ला छलफल हुने र ठूला र बहुर्रा्ष्ट्रिय कम्पनीका सफल सिइओ र नेतृत्वकर्ताले व्यवसाय सञ्चालन तथा व्यवस्थापनमा कस्ता उपाय अपनाएका छन भन्ने विषयमा समेत उक्त कार्यक्रममा बहस हुने उपस्थित वक्ताहरुले बताएका छन्।

‘कार्यक्रमको महत्वपुर्ण पाटो नेपालमै पहिलो पटक अर्थ तथा व्यावसायिक क्षेत्रमा क्रियाशील व्यक्तिको सम्मानमा अवार्ड प्रदान गरिनेछ ।’ कार्यक्रममा बोल्दै पद्मा मिडिया नेटवर्कका कार्यकारी निर्देशक डम्बर साहुले भने, ‘बिभिन्न ६ वटा बिधामा अवार्ड प्रदान गरिनेछ । CEO OF THE YEAR0, CEO OF THE YOUNG, CEO OF THE YEAR WOMEN, CEO OF THE YEAR PUBLIC SECTOR, CEO OF THE YEAR SME & POPULAR CEO OF THE YEAR बिधामा अवार्ड प्रदान गर्न लागिएको छ ।’
उनका अनुसार ५ वटा बिधामा हाल जूरी कमिटीले रिसर्च तथा छनौठ कार्य गरिरहनुभएको छ, भने POPULAR CEO OF THE YEARका लागी भने भोटिङ्ग मार्फत छनौट गरिने भएकाले आजैबाट हामीले भोटिङ्गका लागि आयोजकको अफिसियल वेवसाइट https://nepalceosummit.com/ceopopularchoice/ मार्फत अनलाईन र एस.एम.एस. भोटिङ्ग खुल्ला गरिसकिएको छ । साहुका अनुसार अवार्डका लागि आएका सम्पूर्ण आवेदन (१६ जना) लाई भोटिङ्ग मार्फत छनौठ गरिने बताइएको छ।

कार्यक्रममा बोल्दै रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमाले यस्तो कार्यक्रम पहिलो पटक नेपालमा हुन लागेकाले सबैले यस्तो कार्यक्रमलाई समर्थन गर्नुपर्ने बताएका छन् । ‘यस्तो कार्यक्रम नेपालमा पहिलो पटक हुन थालेको छ । यसलाई हामीले कुनै पनि हालतमा सफल बनाउनुपर्छ ।’ उनले भने । कार्यक्रममा बोल्दै बिजनेश प्लस टेलिभिजनका निर्देशक गोपाल बस्नेतले यो कार्यक्रमले समग्र नेपाली अर्थतन्त्रलाई अगाडी बढाउन सहयोगी हुने बताएका छन् । पत्रकार सम्मेलनमा बोल्दै उनले उक्त अवार्डमा कसले अवार्ड जित्ला भन्ने समेत खुल्दुली सबैमा बढेको बताएका छन् ।

स्मरण रहोस्, उक्त कार्यक्रममा अर्थ सरोकार डटकम मिडिया सपोर्टरको रुपमा सहभागी छ ।



Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्