
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- वस्तु विनियम बजार संचालन गर्न चाहने संस्थाहरुले नेपाल धितोपत्र बोर्ड समक्ष पुर्व स्वीकृतिका लागि निवेदन दिन थालेका छन्। गएको चैत्र ८ गते कमोडिटि फ्यूचर्स एक्सचेन्जले बोर्ड समक्ष पुर्वस्वीकृतिका लागि निवेदन दिएको छ। वस्तु विनियम बजार सम्बन्धी नियमावली, २०७४ बमोजिम वस्तु विनियम बजार संचालन गर्न चाहने संस्थाहरुको न्यूनतम चुक्ता पूँजी ५० करोड हुनु पर्ने उल्लेख भएता पनि गएकाे विहिबार निवेदन दिएको कमोडिटि फ्यूचर्स एक्सचेन्जले आफ्नो चुक्ता पूँजी ६० करोड रहने जनाएको छ।
कमोडिटि फ्यूचर्स एक्सचेन्जमा विभिन्न व्यावसायिक क्षेत्रमा सम्लग्न व्यक्ति तथा संस्थागत लगानीकर्ताहरुको लगानी रहने कुरा कम्पनीका संचालक कृष्ण गिरीले जानकारी दिए । सञ्चालनमा रहेका एक्सचेन्जहरू मध्ये पूर्वस्वीकृतिका लागि सबैभन्दा पहिले यस एक्सचेन्जले अावेदन दिएको हाे । धितोपत्र बोर्ड समक्ष पुर्व स्वीकृतिका लागि अन्य दुई वटा कम्पनीले समेत निवेदन दिएका छन्। नेपाल कमोडिटी एक्सचेन्ज र नेपाल मर्कन्टाइल एक्सचेञ्जले नयाँ कम्पनी संस्थापनाका गर्न धितोपत्र बोर्ड समक्ष पुर्व स्वीकृतिका लागि निवेदन दिएका हुन ।
वस्तु विनिमय बजार नियमावली २०७४ लागू भई कार्यान्वयनमा आएपछि नेपालको वस्तु विनिमय बजार स्पष्ट नियमन दायराभित्र प्रवेश गर्नुको साथै बजार नियमित, व्यवस्थित विश्वसनीय, स्वच्छ तथा पारदर्शी भई लगानीकर्तालाई लगानी विविधीकरणको लागि नयाँ क्षेत्र खुल्ने अपेक्षाका साथ कम्पनी अघि बढेको कुरा संचालक कृष्ण गिरीले बताउनु भएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्